शितगंगा नगरपालिकामा राहत बितरण सुरु यि स्थानबाट हुँदैछ

प्रकाशित मिति:

चैत २८ शितगंगा शितगंगा नगरपालिकाले कोरोनाको संक्रमण फैलिन नदिन गरेकोे लकडाउनको समयमा दौनिक ज्यालादारी गरि खानेहरु तथा अति विपन्नहरुलाई नगरपालिकाले राहत बितरण सुरु गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिनु भयो । राहत सामाग्री खरिद,बितरण तथा अनुगमन समिती संयोजक टीका रेस्मीले नेपाल सरकारले तोकेको मापडण्ड अनुसार तथा समितिको बैठकले गरेको बिधि अनुसार राहत बितरण गर्न लागिएको जानकारी दिनु भयो । यसै अनुरुप पहिलो दिन सनिबार वडा नम्बर २,३ र ४ मा राहत बितरण गर्न लागिएको नगर उपप्रमुख तथा राहत सामाग्री खरिद,बितरण तथा अनुगमन समिती संयोजक टिका रेस्मिले जानकारी दिनु भयो । सनिबार वडा नम्बर २ को सरस्ति माबिमा बितरण गरिने छ । यस्तै वडा नम्बर ३ को दह प्राबि र दक्सुपाटा प्राबिमा बितरण हुनेछ यस्तै वडा नम्बर ४को बसर्पाक सानादह र बाणगंगा प्राबि भेडामारा बाट राहत बितरण गरिने छ । तोकिएको मापडण्ड अनुसार २५ केजि चावल , ३ केजी दाल एक प्याकेट नुन, एक प्याकेट तेल बितरण गरिने छ ।