युवा व्यवसायी गुरूङद्वारा स्वर्गीय आमाको स्मृतिमा राहत वितरण

प्रकाशित मिति:

जारी लकडाउनका कारण समस्यामा परेका दैनिक श्रम गरेर गुजारा चलाउने कामदार र विपन्न परिवारलाई व्यास ४ निवासी युवा व्यवसायी खेम गुरूङले दिवंगत माता स्वा।लुकमाया गुरूङको स्मृतिमा शुक्रवार राहत वितरण गरेका छन्। गुरूङले व्यास ११ रामथुम्कीका २८ घरपरिवारलाई खाद्यान्न उपलब्ध गराएका हुन्।

श्रम नगरी दैनिकी चलाउन समस्यामा पर्ने रामथुम्की बासीलाई गुरूङले आफ्नै लगानीमा खाद्य सामग्री वितरण गराएका हुन्। वडा र नगरपालिकालको नियम अनुसार तीन जना घर परिवारलाई १५ किलोका दरले र तिनभन्दा माथिका परिवारलाई एक बोराको दरले चामलसहित तेल,दाल र नुन दैनिक आवश्यकीय खाद्य सामग्री उपलब्ध गराए।

गुरूङले अतिविपन्न गाउँघरमा काम गरेर गुजारा गर्ने र एकल महिलालाई व्यक्तिगत लगानीमा लकडाउन अवधिभरि पुग्ने खाद्य सामग्री दिएको बताए। व्यवसायी गुरूङले भने,“गाउँमा भएर पनि काम नगरी खान नपुग्ने परिवारहरु छन्। उनले वडा र नगरपालिकाको सिफारिस लिएर नगरपालिकाको मापदण्डअनुसार वितरण गरेका हुन्। राहत वितरणमा वडा अध्यक्ष निरबहादुर खड्का,स्थानिय समाजसेवी दलबहादुर दुरा र वडा सदस्य उपस्थित भएका थिए्र