कुनै लक्ष्ण नदेखिएपछि समय अबधि पुगेका क्वारेण्टाइमा बसेका २ सय ३२ जना डिस्चार्ज

प्रकाशित मिति:

डिलाराम भुसाल  कपिलवस्तु २८ चैत्र ।  कपिलवस्तु जिल्लाका क्वारेण्टाइमा बसेका कुल ८ सय ४९ जना मध्ये २८ प्रतिशत अर्थात २ सय ३२ जना डिस्चार्ज भएको बताएको छ । अव कपिलवस्तुका क्वारेण्टाइमा शुक्रवार सम्म ६ सय १७ जना मात्र रहेका बताएको छ । । क्वारेण्टाइनमा बसेका मध्ये जसमा २७ महिला र ५ सय ९० पुरुष रहेका छन् । प्रतिशतमा हेर्दा महिला करिव ५ प्रतिशत हुन आउछ ।क्वारेण्टाइमा वस्नेहरुको संख्या दैनिक घट्दै जान थालेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जिल्लामा ९ सय ८२ सैयाको क्वारेन्टीन निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले १० स्थानीय तहमा शुक्रवार सम्ममा २ सय ३२ लाई घरमा फर्किएको जनाएको छ । फिर्ता हुनेमा सबै भन्दावढी यशोधरा गाउपालिकाका छन् । जस मध्य यशोधरावाट ८३ जना रहेका छन् । त्यसैगरी कृष्णनगरवाट २६ जना, महाराजगंजवाट १२ जना, विजयनगरवाट १६ जना, शिवराजवाट ३२ जना,कपिलवस्तु नगरवाट ३८ जना, वुद्धभुमिवाट ३ जना, मायादेवीवाट ७ जना र सुद्धोधनवाट २५ जनालाई घरमा पठाईएको बताएको छ । भारत लगाएत तेश्रो मुलकुवाट आएकालाई क्वारेन्टीनमा राखिएको र उनीहरुमा कुनै कोरोना सम्वन्धी लक्षण नदेखिएपछि घरमा पठाईएको प्रमुख जिलल्ला अधिकारी दिर्घनारायाण पौडेलले वताएका छन् । जिल्लामा शुक्रवार ८ सय ४९ जनाको स्वास्थ्य जाँच समेत गरिएको प्रजिअ पौडेलले वताए । जिल््लाका १० स्थानीय तहले निर्माण गरेका क्वारेन्टीनमा हाल ६ सय १७ जना रहेका छन् । विद्यालय, स्वास्थ्य चौकि तथा सामाजिक कामका लागि वनाईएका भवनमा रहेका क्वारेन्टीन अन्तर्गत कृष्णनगरमा ५२ जना, महाराजगंजमा १ सय ८७ जना, विजयनगरमा १ सय ५८ जना, शिवराजमा २८ जना, वाणगंगामा ८ जना, यशोधरामा २ जना, कपिलवस्तु नगरमा १७ जना, वुद्धभुमिमा ३७ जना, मायादेवीमा ७१ जना र सुद्धोधनमा ५७ जनालाई राखिएको छ । सवैलाई स्वास्थ्यकर्मिको निगरानीमा राखीएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बताएको छ ।