कपिलबस्तुको बाणगंगा नगरपालिकाको राहत वितरणको काम सुरु । नगरका १ हजार ९ सय ३५ घर परिवार राहत पाउने ।

प्रकाशित मिति:

डिलाराम भुसाल  कपिलवस्तु  ।  कपिलवस्तुको बाणगंगा नगरपालिकाले राहत वितरणको काम शुक्रबारबाट गरेको छ । पहिलो चरणमा वडा नं ७ देखी ११ आज र बाकी वडामा भोलीदेखी दोस्रो चरणमा वडा नं १ देखी ६ सम्म राहत वितरण गरिने नगर उप प्रमुख चक्रपाणी अर्यालले बताएका छन् । नगरका करिब १९ सय ३५ घरपरिवारलाई राहतका लागि छनौट भएको र जसमा ५ जना माथिका घरिपरिबार संख्या ३ सय २६ रहेको छ भने ५ जना भन्दा कम घरपरिवारका संख्या १६ सय ९ रहेको नगर पालिकाका प्रमुख प्रशाशकिय अधीकृत चुरामणी पन्थीले बताए । राहत सम्बन्धी मापदण्ड २०७६ अनुसार ५ जना सम्मको परिवारलाई २० केजि चामल , २ केजि दाल ,१ लिटर तेल ,१ पोका नुन ,२ वटा हात धुने सावुन र १ वटा कपडा धुने सावुन दिने छ । भने ५ जना भन्दा बढि परिवार सदस्य रहका घरपरिवारलाई ३० केजि चामल , ३ केजि दाल , ढेड लिटर तेल ,१ पोका नुन ,२ वटा हात धुने सावुन र २ वटा कपडा धुने सावुन उपलब्ध गराएको पन्थीले बताएका छन् । राहत सामाग्री ब्यवस्थापनका लागि नगरपालिकाले समिति पनि निर्माण गरेको र नगरका ११ वडालाई प्रभाबकारी ढंगबाट राहत सामग्री वितरण गर्न पनि बिभिन्न संघसंस्था संघ समन्य गरि अगाडि बढाएको बताएको छ । यसैबिच नगरपालिकामा संघिय सरकारका सांसद ,राष्ट्रिय सभाका सदस्य ,संबिधान सभाका सदस्य प्रदेश सदस्य ,बिभिन्न राजनितिक दलका जिल््ला नगर प्रमुख प्रतिनिधिका बिचमा अन्तरक्रिया गरी कोरोना भाईरस रोकथामको समयमा नगरपालिकाले गरेको तयारी र हालसम्मका कार्यक्रमहरुको बारेमा छलफल गरि सबै वडामा राहात सामाग्रीरी पठाएको छ । राहत वितरणको काम र लकडाउन लाई प्रभाबकारी बनाउन अन्तरक्रियमा सहभागिहरुबाट रायसुझाब र थप नया योजनाका साथ अघि बढ्ने प्रतिबद्धत जनाईएको बताएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड १९० का कारण सरकारले लकडाउन घोषणा गरेसंगै गरिव परिवारलाई एकद्धार प्रणालीबाट राहत वितरण गर्ने नगरपालिकाको निर्णय बमोजिम राहत बाड्न सुरु गरिएको हो । जसका लागि उपप्रमुख चक्रपाणि अर्यालको संयोजकत्वमा राहत वितरण समिति गठन गरिएको थियो । नगरपालिका भित्रका राहत वितरण गरिव तथा असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुलाई राहत वितरण गरिएको छ । नगरपालिकाले गरेको राहत वितरणमा नगरपालिकाका कर्मचारी तथा प्रतिनिधी, उधोग बाणिज्य संघका अध्यक्ष उमनाथ पौडेल, राजनितिक दलका प्रतिनिधी, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख पछाई, गैसस का प्रतिनिधि लाक्ष्मण बेल्लवासे , समाजसेवि बिष्नु न्यौपाने ,दोलकराम घिमिरे, पत्रकार महासंघका लगायत अन्य पत्रकारहरु तथा समाजका अगुवाहरुको उपथस्थती रहेको थियो ।