गैडहवामा राहत बितरण शुरु, ३ हजार ४ सय जना बिपन्न परिवार

प्रकाशित मिति:

चैत्र,कञ्चन-रुपन्देहीको गैडहवा गाउपालिकामा बिपन्न घरपरिवारहरुलाई आज देखि राहत बितरण गर्न थालिएको छ।कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न गरिएको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जिवन निर्वाह गर्दै आएका घरपरिवारलाई जीवन निर्वाह गर्न गाह्रो भएकोले नेपाल सरकारको निर्देशन बमोजिम गैडहवा गाउपालिकाले आज देखि राहत बितरण गर्न लागेको हो । ९ वटा वडा रहेको गाउपालिकामा रहेका बिभिन्न टोल बिकास संस्थाहरुको समन्वमा ९ वटै वडा कार्यलयहरुले ३ हजार ४ सय बिपन्न घरपरिवार को सुचिकृत गरी गाउपालिकामा पठाएका थिए ।

३ हजार ४ सय बिपन्न घरपरिवारहरु मध्ये आज गाउपालिकाको वडा नं. ७,८ र ९मा रहेका बिपन्न घरपरिवारलाई १५÷१५ किलो चामल,१÷१ किलो दाल, १÷१ नुन र आधा÷आधा लिटर खानेतेल राहत स्वरुप उपलब्ध गराइएको गैडहवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी गराउनु भएको छ। वडा स्तरिय बिपद ब्यबस्थापन समिति तथा टाले बिकास संस्थाहरुको समन्वयमा प्रत्येक टोलबाट तथ्यांक संकलन गरी दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका बिपन्न घरपरिवारहरुलाई टोल टोलमा गएर राहत बितरण गरिएको गैडहवा गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष भुवन बहादुर रानाले बताउनु भएको छ।

यस्तै गैडहवा गाउपालिकाको वडा नं. ७,८ र ९ मा गरी करिब ८ सय बिपन्न घरपरिवारलाई राहत स्वरुप खाध्य सामाग्री उपलब्ध गराइएको वडा अध्यक्ष भुवन बहादुर रानाले जानकारी दिनु भएको छ। एन. आई.सी.एशिया बैंकले करिब ५० हजार रुपैया बराबरको खाध्य सामाग्री यस अघि नै गैडहवा गाउपालिकालाई बुझाएको थियो । यसैगरी गैडवहामा रोजगारीको शिलशिलामा छिमेकी देश भारतबाट ८१ जना र ३ जना साउदी अरबबाट घर आएका र उनिहरुको नियमित स्वास्थ्य जांच भएकोमा सबैको स्वास्थ्य सामान्य रहेको गैडहवा स्वास्थ्य शाखाका दुश्यन्त पथिकले जानकारी गराउनु भएको छ।