ईट्टा उद्योगका श्रमिककहरुलाई २३ सय ८५ मास्क र २१ सय १२ सावुन वितरण

प्रकाशित मिति:

दुर्गा अर्याल कपिलबस्तु ।  ईट्टा उद्योगमा काम गर्ने श्रमिकहरुलाई लक्षित गर्दै यहाँको एक गैह्र सरकारी संस्थाले कपिलवस्तु का १२ वटा उद्योगहरुमा कोरोना भाइरसको संक्रमणवाट सुरक्षित गराउने उद्देश्यले मास्क र हात वारम्वार धुन सहयोग पुग्ने गरि सावुन उपलव्ध गराएको छ । कपिलवस्तु जिल्लामा रहेका १२ वटा उद्योगहरुमा वेटर व्रिक नेपाल परियोजनाले उद्योगमा रहेको अल्पकालिन आप्रवासन सहित रोजगारी गरि रहेका कामदारहरु, उनीहरुका वालवालिका लगायत उद्योगको प्राविधि, व्यवस्थापकिय सुधारमा सहजीकरण र मुलतः वालश्रम, इच्छाविपरित तथा वाध्यकारी श्रम उन्मुलन लगायत कामदारको कार्य घण्टा, सुरक्षा र अमानविय व्यवहारको अन्त्यका लागि उद्योगीसगंंै मिलेर कार्य गरि रहेका छ ।
तथापी हालै देखिएको विश्व व्यापी कोराना संक्रमणले यहाँ रहेका उद्योगहरुमा सामुहिक रुपमा कार्यरत श्रमिकहरुको सुरक्षा चासो र उनीहरुवाट अरुलाई एवं अरुवाट उनीहरुलाई समेत संरक्षित गर्ने अभियान अन्तरगत वेटर व्रिक नेपाल परियोजनावाट मास्क, सावुन, जानकारी मूलक पोस्टरहरु, हाते पत्रहरु तथा स्थानिय स्वास्थ्य कर्मी समेतको परिचालन गरि संरक्षित हुने विषयमा जानकारी गराईएको छ । संस्थाको यो सहयोग आउदा दिनमा समेत संरक्षित रहन सवै कामदारहरुलाई सिकाइ होस भन्ने उद्देश्यले गरिएको स्थानिय संस्था घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालको अध्यक्ष थानकला पौडेल जानकारी दिनुभयो ।
सवैको चासोको रुपमा रहेको कोरोना संक्रमणवाट सुरक्षित रहन परियोजना लागू भएका उद्योगीहरु निकै सचेत देखिएका छन् । उद्योगीहरुले आफ्नो उद्योगमा हात धुने ठाउँहरुको व्यवस्था, उद्योग परिसर भित्रै खाद्यान्य लगायतका सामग्री उपलव्ध गराउने कार्य लगाउत उद्योग परिसर भित्र आचार संहिता निर्माण गरिएको वुद्ध ईटा उद्योगका संचालक विनोद पंन्त वताउछन् ।
त्यसैगरी उद्योग भित्र आउन र वाहिर जान पूर्ण प्रतिवन्ध लगाईको, यदि कोइ विना जानकारी असुरक्षित तरिकाले वाहिर निस्केको खण्डमा उद्योग परिसर पस्न नदिने नियम वनाएको सेभेन स्टार ईटा उद्योगका संचालक कृष्ण पोखरेल वताउछन् । वेटर व्रिक नेपाल परियोजना संचालनमा गरी पूर्ण रुपमा कामदारमैत्री उद्योगकारुपमा चिनिएको रुपन्देही जिल्लका सिद्धार्थ उद्योगका व्यवस्थापन इश्वरी वस्थीले आफनो उद्योगकमा १० स्थानमा सावुन, पानी सहितको हात धुने केन्द्र निर्माण गरिएको जानकारी दिएका छन् । ग्लोवल फेयरनेस इनिसियटिभको सहयोगमा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्थाले कपलिवस्तुका १२ र रुपन्देहीका २ वटा उद्योगहरुमा परियोजना संचालन गरेको छ ।
परियोजना वाट लक्की ईटा उद्योगमा मास्क २२५, सावुन २००, वुद्ध ईटा उद्योगमा मास्क २२८, सावुन २०५, सेभेनस्टार ईटा उद्योगलाई मास्क २५५, सावुन २५१, एनएसएस ईटा उद्योगमा मास्क २२५, सावुन २२८, आर.सी इटा उद्योगमा मास्क १७६, सावुन १५०, अपोलो ईटा उद्योगमा मास्क २२५, सावुन २१५, वौद्ध ईटा उद्योगमा मास्क २८१, सावुन २१५, जयसवाल ईटा उद्योगमा मास्क १७०, सावुन १५०, ज्योति ईटा उद्योगमा मास्क ११५, सावुन १००, न्यू ज्याति ईटा उद्योगमा मास्क १२५, सावुन १०६, हिमाल ईटा उद्योगमा मास्क १३०, सावुन ११६, समृद्धि ईटा उद्योगमा मास्क २३० र सावुन १७६ उद्योगका कामदाररुलाई सहयोग गरिएको संस्थाका अध्यक्ष थानकाला पौडेलले जनकारी दिनुभयो ।
उहाँले छिट्टै नै रुपन्देहीको सोना ईटा उद्योग र सिद्धार्थ ईटा उद्योगमा पनि सहयोग गर्ने जनकारी समेत दिनुभयो । यसरी घर–घरमा शिक्षा तथा आत्मा निर्भर विकास संस्था नेपालले विगत लामो समय देखि बेटर व्रिक–नेपाल परियोजना मर्फत श्रमिकहरुको स्वास्थ्य तथा सुरक्षको क्षेत्रमा काम गर्दै आईरहेको छ । साथै यस संस्थाले स्थानिय वडा, गाउँपलिका र नगरपालिकाहरुको समन्वयमा विभिन्न किसिमका सचेतना मुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।
(लेखकः घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक हुनुहुन्छ ।)