नेविसंघ र तरुण दलका नेताहरु जनताको सेवामा क्रियाशिल

प्रकाशित मिति:

चैत्र, कपिलबस्तु । नेपाल विद्यार्थी संघ क्षेत्र नं.१ र नेपाल तरुण दल कपिलवस्तु पछिल्लो समय जनताको सेवामा क्रियाशिस छ । विश्वभरी कोरोना भाईरासको क्रस र जोखिम बढ्दै गइरहेको छ । देश लामो समय देखि पूर्ण रुपमा लक डाउन अवस्थामा छ । सर्वसाधरणहरुको दैनिक उपभोग्य बस्तुहरुको अभावमा चुलो चौका बल्न धौ–धौ भएको अवस्थामा नेविसंघ र नेपाल तरुण दल कपिलबस्तु आफ्नो ज्यानलाई दाउमा राखेर पीडित जनताको सेवामा क्रियाशिस भएको छ ।
नेविसंघ र नेपाल तरुण दलले जो पीडित छ । जो खाना पाएको छैन । त्यस्तो परिवारहरुलाई रहत वितरण कार्यक्रम तिब्र बनाएको छ । सोही अवसरमा तरुण दलर नेविसंघका नेताहरुले दुव्र्यसनमा फसेकाहरुलाई उपचाररत संस्था राजेश आस्था फाउन्डेसनमा दैनिक उपभोग्य दाल चामल नुन, तेल, तरकारी बिस्कुट र चाउचाउ लगायतका खद्यान्य वितारण गरेको हो । उप्टहवा गाउँँमा नगरपालिकामा सिफारिस नभएका तर अति बिपन्न परिवार र केही बाहिरी जिल्ला बाट आई डेरा गरि बस्ने विद्यार्थीलाई पनि नेपाली कांग्रेसका भतृ संगठन नेविसंघ क्षेत्र नं. १ कपिलबस्तु र तरुण दलका नेताहरुको सक्रियातामा सहयोग गरेको नेपाल तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले जनकारी दिनुभयो ।
जिल्ला अध्यक्ष ठकुरी संगै तरुण दलका क्षेत्रीय अध्यक्ष तिलक थापा, नेविसंघका इकाई सभापति दिनेश क्षेत्री, बाणगङ्गा नगरपालिका वडा नं.१ का सदस्य सन्जु सारु र नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको विशेष पहलमा पीडित परिवारहरुलाई आवश्यक खद्यान्य हस्तान्तरण गरिएको थियो । वर्तमान अवस्थमा राजेश आस्था फाउन्डेसनमा ३० जना दुव्र्यवसानीमा परेका युवाहरु उपचाररत छन्, भने ३ जना विद्यार्थीहरु र उप्टहवामा कोठा भाडामा गरि बस्ने १५ घर धुरिलाई सानो सहयोग गरेको हो ।
त्यस्तै बाणगंगा नगरमा कोठा भाँडामा बस्ने विद्यार्थीहरुलाई नेविसंघले सहयोग गर्दै आएको र बाँकी विद्यार्थीहरुलाई पनि सम्पर्कमा ल्याएर सहयोग गर्ने नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेले जनकारी दिनुभयो । यसरी पछिल्लो सयम नेविसंघ र तरुण दल कपिलबस्तुले जिल्लामानै उदहरिण कार्य गर्दै आईरहेको छ । विद्यार्थीका हक र हितका नारा लगाउने संगठनहरु यो बेला चुप लागेको अवस्थामा नेविसंघले बिगत देखि नै काम गर्दै आईरहेको र अहिले पनि काम गर्दै आईरहेको छ । यस भन्दा अघि पनि नगरपालिका प्रदेश सरकार भन्दा अघि राहत बितरण कार्यक्रम सुरु गरेको नेपाल तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले जनकारी दिनुभयो ।