भारतमा एकै परिवारका ८ नेपालीलाई कोरोना संक्रमण

प्रकाशित मिति:

काठमाडौं/भारतमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु सबै नेपाली हुन् ।मुम्बईको गिरगाउँ चौपाटी उनीहरु बस्नै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए ।

परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको बताइएको छ ।उनीहरुमध्ये २ जनालाई मुम्बईकै पिब्लुडी अँधेरीको गेस्टहाउसमा र अन्यलाई सेभेन हिल र कस्तुरवा अस्पतालमा राखिएको छ ।खबरहब बाट साभार