इटालीमा लकडाउन मे ३ सम्मलाई बढाइयो

प्रकाशित मिति:

एजेन्सी/इटालीका प्रधानमन्त्री जुजेप्पे कान्टले इटालीमा लकडाउनको समय ३ मे सम्मका लागि घोषणा गरेका छन् । यसअघि मार्च ९ मा लकडाउन घोषित गर्दै अप्रिल १३ सम्म पुर्‍याइएको थियो ।लकडाउनका कारण इटालीमा पछिल्लो दिनमा संक्रमितको संख्यामा केही कमी आएको मानिएको छ । त्यसैलौ मध्यनजर गर्दै प्रधानमन्त्रीले आगामी मे महिनाको ३ तारिखसम्म लकडाउन घोषणा गरेको बताएका छन् ।

पछिल्लो २४ घन्टामा इटालीमा जम्मा ५ सय ७० को मृत्यु भएको छ, जुन अघिल्लो साताको भन्दा मृत्युदर कम हो ।हालसम्म इटालीमा विश्वमै सबैभन्दा मानिसहरुले मृत्यु भएको छ, तर पनि अमेरिकामा पछिल्ला दिनमा हुँदै गरेको मृत्युदरले इटालीलाई उछिन्ने भने पक्का भएको छ । हालसम्म इटालीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको जनाइएको छ । १ लाख ४७ हजार ५७७ जनामा संक्रमण देखिएको छ ।-खबरहब बाट साभार