बर्दघाटको बजार अनुगमन टोलीद्धारा समान बरामद

प्रकाशित मिति:

प्रकाश न्यौपाने
चैत्र २८ ,
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका, बर्दघाट उद्योग बाणिज्य संघ र उपभोक्ता हित संरक्षण समितिले संयुक्त रुपमा गरेको बजार अनुगमनमा अखाद्य र मिति गुज्रीएका समानहरु बरामद गरेको छ । बजार अनुगमनको प्रभावकारीता उपभोक्ता र व्यवसायीहरु दुबैमा सचेता देखीएको र अगुगमनको क्रममा म्याद गुज्रेका पेयपद्धार्थ , ड्राई फुड , मसला र औषधि समेत बरामद गरिएको बर्दघाट नगर उपप्रमुख एवं बजार अनुगमन समिति संयोजक मायादेवी पौडेलले बताउनु भयो ।
उपभोक्ताहरु बाट आएको जनगुनासो अनुसार बजार अनुगमन गरीएको बताउदै उहाले बजार अनुगमन पश्चात महगिं कम भएको दावि गर्नु भयो । उहा भन्नुहुन्छ – ‘हामीले व्यापारी र उपभोक्त दुवै पक्षलाई सचेत बनाउदै अहीले बजार अनुगमन गरीरहेका छौ । अहीले गरीएको बजार अनुगमन आगामी दिनमा समेत निरन्तर गर्दै जान्छौं ।’


त्यस्तै अनुगमनका क्रममा बजारमा खासै खाद्य सामाग्रीको अभाव नरहेको भएपनि दैनिक उपभेग्य वस्तुहरुमा अधिक मुख्य लिएको भेटिएको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने जानकारी दिनुभयो । बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने , महासचिव दिनेश न्यौपाने उपभोक्ता अधिकारकर्मी धनञ्जय पौडेल सहित प्रहरी र पत्रकार सहितको टोलीले सो अनुगमन गरेको हो । यस अघि बर्दघाट र जिमिरेभारमा अनुगमन गरेको टोलिले हालसम्म भटौलियँ, जमुनियाँ, चौपत्ता, भुताहालगायतका ठाउहरुमा रहेका किराना तथा मेडिकलहरुको अनुगमन गरेको थियो ।