पहिलो पटक जोडियो रामेछापमा अप्टिकल फाइबर

प्रकाशित मिति:

रामेछाप/ रामेछाप जिल्लामा पहिलो पटक अप्टिकल फाईबर जोडिएको छ । द्रुत गतिको इन्टरनेटको सेवा प्रदान गर्ने उदेश्यले नेपाल टेलिकमले बर्दिवासबाट बिपी राजमार्ग हुँदै खुर्कोटबाट सदरमुकाम मन्थलीदेखि रामेछाप नगरपालिकाको भालुखोपसम्म अप्टिकल फाइबर जडान गरेको नेपाल टेलिकम रामेछापका प्रमुख बिष्णु भण्डारीले जानकारी दिए । डिभाइस जडानको काम सम्पन्न भएपछि तत्काल सेवा सञ्चालन गर्ने तयारी रहेको उनको भनाई छ ।उपभोक्ताहरुलाई द्रुत गतिमा इन्टरनेट चलाउन थप सहज हुने बताउदै भण्डारीले रामेछापको ८० प्रतिशत क्षेत्रमा नेपाल टेलिकमले सेवा दिदै आएको जानकारी दिए । हाल बिपी राजमार्गको खुर्कोटबाट रामेछापको सदरमुकाम मन्थली हुँदै रामेछाप भालुखोपसम्म अप्टिकल फाइबर जोडिएको छ । फाईबर जडान भएका क्षेत्रमा मोबाईल इन्टरनेट, वाइम्याक्स् टेलिफोन लगायतका सुविधाहरु निकै प्रभावकारी हुने टेलिकमको दावी छ । त्यसैगरी अरनिको राजमार्गको लामासाँघु चरिकोट तामाकोसी हुँदै मन्थलीसम्म पनि अप्टिकल फाइबर जोडिने भएको छ ।