विपन्न परिवारलाई बुटवल जेसीजको सहयोग

प्रकाशित मिति:

बुटवल/बुटवल जेसीजले राहत वितरणको कार्यक्रमलाई निरन्तरता दिएको छ । कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र यसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने, गरिव तथा विपन्न परिवारलाई राहत वितरण गरिएको बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमले बताउनु भयो ।

कोरोना विरुद्धको लडाईमा बुटवल जेसीजको यो चौथो कार्यक्रम भएको बताउँदै उहाँले भन्नु भयो दिगो विकास लक्ष्यको शुन्य भोक अन्तरगत रहेर जेसीज आस्थालाई शिरोधार्य गर्दै खाद्यान्न वितरण गरिएको उहाँको भनाई छ । नव वर्षको पुर्व सन्ध्यामा चैत्र ३० गते बुटवल उपमहानगरपालिका वडा नम्वर ११ जुनकिरी टोलमा रहेका १० परिवारलाई राहत वितरण गरिएको हो । प्रत्येक घरधुरीलाई १० किलो चामल र १ किलो दाल वितरण गरिएको बुटवल जेसीजका महासचिव जेसी हरिविक्रम कुँवरले बताउनु भएको छ ।जुनकिरी टोल विकास संस्थाका अध्यक्ष नेत्र भट्टराई, बुटवल जेसीजका, महासचिव जेसी हरिविक्रम कुवर, कोषाध्यक्ष जेसी भेषराज घिमीरे , जेसीआई बुटवल एकेडेमी २०२० का निर्देशक जेसी आविश्कार खनाल, नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्याल लगाएतको उपस्थितीमा राहत हष्तान्तरण गरिएको हो ।