बुटवल जेसीज द्धारा राहत वितरण

प्रकाशित मिति:

बुटवल । बुटवल जेसीजले राहत वितरणको कार्यक्रमलाई निरन्तरता दिएको छ । कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र यसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने, गरिव तथा विपन्न परिवारलाई राहत वितरण गरिएको बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमले बताउनु भयो ।  कोरोना विरुद्धको लडाईमा बुटवल जेसीजको यो चौथो कार्यक्रम भएको बताउँदै उहाँले भन्नु भयो दिगो विकास लक्ष्यको शुन्य भोक अन्तरगत रहेर जेसीज आस्थालाई शिरोधार्य गर्दै खाद्यान्न वितरण गरिएको उहाँको भनाई छ । नव वर्षको पुर्व सन्ध्यामा चैत्र ३० गते बुटवल उपमहानगरपालिका वडा नम्वर ११ जुनकिरी टोलमा रहेका १० परिवारलाई राहत वितरण गरिएको हो ।टोल विकास समीतीका अध्यक्ष नेत्र भटराईले जानकारी दीनु भयो प्रत्येक घरधुरीलाई १० किलो चामल र १ किलो दाल वितरण गरिएको बुटवल जेसीजका महासचिव जेसी हरिविक्रम कुँवरले बताउनु भएको छ ।जुनकिरी टोल विकास संस्थाका अध्यक्ष नेत्र भट्टराई, बुटवल जेसीजका, महासचिव जेसी हरिविक्रम कुवर, कोषाध्यक्ष जेसी भेषराज गैरे, जेसीआई बुटवल एकेडेमी २०२० का निर्देशक जेसी आविश्कार खनाल, नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्याल लगाएतको उपस्थितीमा राहत हष्तान्तरण गरिएको हो ।