एनसेलले बुझायो १४ अर्ब ३३ करोड पुँजीगत लाभकर

प्रकाशित मिति:

काठमाडौं, चैत ३० – दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले थप १४ अर्ब ३३ करोड रुपैयाँ भन्दा बढी पुँजीगत लाभकर तिरेको छ। प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने पुँजीगत लाभकर बुझाएको हो। आइतबार एनसेलले १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको ठूला करदाता कार्यालयले जनाएको छ।यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ।