शितगंगा नगरपालिकामा राहत बितरण सुरु

प्रकाशित मिति:

अराज बेल्बासे चैत २९ । शितगंगा नगरपालिकामा राहत बितरण सुरु भएको छ । कोरोनाको संक्रमण फैलिन नदिन गरेकोे लकडाउनको समयमा दौनिक ज्यालादारी गरि खानेहरु तथा अति विपन्नहरुलाई नगरपालिकाले राहत बितरण सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिनु भयो ।

राहत सामाग्री खरिद,बितरण तथा अनुगमन समिती संयोजक टीका रेस्मी नगर पालिका प्रमुख सुर्य प्रसाद अधिकारी वडा अध्यक्ष हरुको समुहले आज वडा नम्बर २,३,४ र १३ मा राहत बितरण गरेको हो । राहत बितरण कार्यक्रममा नेपाली सेना तथा नेपाल प्रहरीले ब्यवस्थापनको भुमिका खेलेका छन । भिडभाड कम गर्ने तथा राहत बितरण भिड रहित बनाउन सेना तथा प्रहरी परिचालित भएका हुन । शितगंगा नगरपालिका वडा नम्बर २ बाट सुरु गरिएको राहत बितरणमा वडा नम्बर २ मा अति बिपन्न तथा दौनिक ज्यालादारी गरिखाने ८१ जनालाइ राहत बितरण गरिएको वडा अध्यक्ष गोवद्धन थापाले बताउनु भयो
यस्तै नगरपालिकाका उपप्रमुख तथा राहत सामाग्री खरिद,बितरण तथा अनुगमन समिती संयोजक टिका रेस्मीले सरकारदे तोकेको मापडण्ड अनुसार राहत बितरण गर्ने लागेको बताउनु भयो

समस्या सबैमा भए पनि यो विपतमा लकडाउन बाट प्रभावित लोनिक ज्याला मजदुरी गरिखाने बिपन्नहरु १२ सय बढी परिवारलाइ राहत बितरण गरिने नगर प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनुभयो  आज नगरपालिकाको वडा नम्बर २,३ , ४ र १३ मा मा राहत बितरण गरिएको हो । यस्तै भोली आइतबार ५,६,८ र ९ नम्बर वडामा राहत बितरण गरिने छ । बाकँ रहेका वडा हरुमा समेत २ गते सम्ममा राहत बितरण गरि सकिने प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिनुभयो । यस्तै वडा नम्बर १ र ७ को भने एकिन बिबरण आउन नसक्दा राहत बितरणमा ढिलाए भएको छ ति वडामा समेत छिटै बितरण हुने गौतमले जानकारी दिनु भयो । आज वडा नम्बर २ मा ८ज्ञ , वडा नम्बर ३ मा ५२ वडा नम्बर ४ मा २१५ र वडा नम्बर १३ मा १४७ घर परिवारलाइ राहत बितरण गरिएको छ । राहत तोकिएको मापडण्ड अनुसार प्रति परिवार २५ केजि चावल , ३ केजी दाल २ प्याकेट नुन, २ लिटर तेल बितरण गरिएको छ ।