कोरोनाले फेरिएको नगर प्रमुखको दिनचर्या

प्रकाशित मिति:

अराज बेल्बासे चैत ३० – शितगंगा नगरपालिकाका नगर प्रमुखको दिनचर्या सदाको दिन भन्दा आजभोली फरक भएको छ । कार्यलयबाट घरमा गए पछि अर्को दिन ९ बजे कार्यलय निस्कने नगर प्रमुख सुर्य प्रसाद अधिकारी आज भोली बिहान उठेर कार्यालय आउनु हुन्छ । बिहान ७ बजेनै कार्यलयमा पुगेर १४ वटा वडामा भइरहेका गतिबिधि नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण पौडेल तथा ठाडा प्राथमिक स्वास्थ चौकीका प्रमुख विवेस मण्डल सँग जानकारी लिर्दै नेपाली सेना तथा नेपाल प्रहरी सँग समिक्षा बैठक बसी बिहान ८ बजे सम्म अर्को दिनको योजना तयार गरि गाँउगाँउमा खट्ने तयारी सुरु हुन्छ ।

भौलोगिक रुपमा टाडाको दुरिमा रहेको शितगंगा नरगपालिकाका वडाहरुमा नगरप्रमुख अधिकारी सचेतना गराउदै हिड्ने गर्नु भएको छ । बिभिन्न वडामा क्वारेन्टाइन निर्माण गर्न पुग्नु भएका अधिकारीले क्वारेन्टाइन उद्धघाटन गर्न मात्र हैन गाँउगाँउमा जनतालाइ भेटि सचेत बनाउन दिनभर खटिने गर्नु भएको छ । स्वास्थ कर्मचारी एम्बुलेन्स चालक र सुरक्षाकर्मीको मात्र यो जिम्मेबारी नभएको भन्दै आफु पनि यो महामारी रोक्न हरेक समय नगरपालिकाका जनताको साथमा रहने बताउनु हुन्छ । समित स्रोत साधनमा काम गरिरहेका स्वास्थकर्मी सुरक्षाकर्मीहरुले आफुमा सर्ने डर समेत नमानी काम गरिरहेकोले आफु जोखिम मोलेर पनि नगरपालिकाका बिभिन्न स्थानमा नगर प्रमुखकाृ उपस्थिती हुने गरेको छ ।

नगरउप प्रमुख टिका रेस्मीको नेतृत्वमा नेपाली सेना सहितको एक टोली पालोपाल नगरपालिकाको बिभिन्न स्थानमा माइकिङग सहित निस्कने गर्छ । गाँउगाँउमा पुगेर नेपाल आर्मी सहितको समुहले अनुगमन मात्र गर्दैन आर्मी सँग भएका केही उपकरणले स्वास्थ समेत चेक गर्ने गर्छन । भारत बाट आएकाहरुलाइ घरमै बस्न अनुरोध गर्दै गाँउगाउँमा उत्त टोली हिड्छ । यस्तै नगरपालिकाका स्वास्थ शाखा प्रमुख तथा ठाडा प्राथमिक स्वास्थ चौकिमा प्रमुख विवेश मण्डल सहितको नगरपालिकामा रहेका स्वास्थ इकाइका स्वास्थकर्मीहरुको समुह समेत हरेका दिन गाँउगाँउमा खटिरहेको छ । नगरपालिकाका बिभिन्न वडाले सचेतनाको लागी स्वास्थ स्वयमसेबिकाहरु प्रिचालन समेत गरेको छ । स्वास्थस्वयमसेबिकाहरु परिचाालन गर्ने वडा मध्ये एक वडा १० नम्बर वडा हो । वडा अध्यक्ष हिम्मत पोख्रेलले वडामा सचेतना तथा भारत तथा अन्य मुलुक बाट आएका हरुको निग्रानी गर्न बिभिन्न समिति समेत गठन गरेर काम गरिरहेको छ ।

यतिबेला इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतको टिम समेत निकै कृयाशिल बनेर लागेको छ । डोहोटेमा सञ्चालन भएरहेको सहायता कक्षमा ५ जनाको समुह निरन्तर खटिरहेको छ भने प्रहरी निरिक्षक बस्नेतको नेत्तृत्वमा १५ सदस्यिय समुह निरन्तर गस्तिमा खट्ने गरि तयार भएको छ । नगरपालिकाले गस्तिमा जान अतिरिक्त सवारी साधनको ब्यवस्था समेत गरेको छ । नेपाल प्रहरीको समुहले गाँउगाँउमा पुगि सचेतनाकार्यक्रम सञ्चालन गरिरहेको छ भने अटेरी गर्नेलाई कारवाही समेत गर्ने गरेको छ बजारको बिभिन्न स्थानमा प्रहरी परिचालन गरिएको छन २ जना भन्दा बढी बिनाकाम हिडेमा कारवाही प्रहरीले गर्ने छ ।पसलहरु बिहान ७ बजे देखि ९ बजे सम्म सञ्चालनको अनुगमन गरिरहेको छ भने मुल्य वृद्धि नियन्त्रण बुझन आफै ग्राहक समेत बन्ने गरेको छ । शितगंगा क्षेत्रमा कुनै सामानमा मुल्य वृद्धि भएको छैन यसमा उद्योग बाणिज्य संघको समेत सहकार्यले गर्दा कुर्न दौनिक उपभोग्य बस्तुको अभाव देखिएको छैन ।नगरपालिकामा अहिले सम्म ५५८ जना भारत लगायत अन्य देश बाट आएका छन । उनिहरुको प्रत्यक्ष निग्रानीमा नगरपालिका लागेको छ । घरबाहिर कोही निस्किएमा सेना परिचालन गरि कारवाही गर्ने निर्णय भए पछि यति बेला सबै जना सेल्फक्वारेन्टाइनमा बसेका छन ।

यस्तै नगर प्रबैश गर्ने सम्पुर्ण नाकाहरुमा कडाए गरिएको छ । प्युठानबाट प्रबेश गर्ने पुलमा आवतजावत बन्द गर्ने निणर्य भएको छ । यस्तै अन्य नाकाबाट समेत आवागमन निषेध गरिएको छ । नगरपालिकाले प्रकोप ब्ष्वस्थापा कोष स्थापना गरि राहतकोलागी रकम संकलन सुरु गरेको छ । यसै अनुसार नगरपालिकाले बिभिन्न कोषबाट ८० लाख जम्मा गर्ने भएको छ । यस्तैै नगरप्रमुख सुर्य प्रसाद अधिकारीले रु ५१ हजार जम्मा गर्ने यसै गरि शितगंगा उद्योग बाणिज्य संघले रु ५१ ह्जार जम्मा गरिसकेको छ भने नगरपालिकाका उप प्रमुख टिका रेस्मिबाट रु १५ हजार नगरपालिकाका वडा अध्यक्षहरु बाट १० हजार यस्तै कार्यापालिका सदस्यहरुकबाट रु १० हजार जम्मा गर्ने निर्णय भएको छ । यस्तै सुपा देउराली मन्दिर ब्यवस्थापन समितिले रु १ लाख ए हजार सहयोग गरेको छ । यस्तै नेकपा शितगंगा नगर कमिटीले पनि २ लाख १ सय रुपिया सहयोग गरेको छ भने अन्य सस्थमहरुले समेत सहयोग गरेका छन । यति बेला नगरपालिकामा राहत बितरण सुरु भएको छ नगरपालिकाका १२६८ जना लाइ राहत बितरण हुँदै छ ।