पाण्डवहरुले महाभारत जित्नुको रहस्य

१ बैशाख २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी /महाभारतको युद्धमा एक देखि १० दिनसम्म भीष्म पितामह कौरवका सेनापति थिए । फेरी ११ दिनदेखी १५ दिनसम्म द्रोणाचार्य, १६ र १७ औं दिनमा कर्ण र १८ औं दिनमा शल्य र सोही रातमा अश्वस्थामा थिए । जबकि पाण्डवहरुको शुरु देखि अन्तिमसम्म एउटै धृष्टधुम्न सेनापति थिए । जो १८ औ दिनको रातमा मारिएका थिए ।अठार दिनको समाप्तिसँगै युद्ध रोकिएको घोषणा भयो । कौरवको पक्षमा मात्र कृतवर्मा, कृपाचार्य, अस्वस्थामा र कर्णका पुत्र वृषकेतु ९जो बच्चा भएकाले युद्धमा गएका थिएननु० मात्र जिवित थिए । तर पाण्डवको तर्फ युद्ध समाप्ति सम्ममा लाखौ सेना र धेरै महारथीहरु बचेका थिए ।

युद्ध समाप्ति पछि पाण्डव युयुत्सु सत्यकि कृष्णसँग गुप्त स्थानमा गएका थिए । उता मरणासन्न दुर्योधनले अस्वस्थामालाई सेनापति बनाइदिए र समस्त पाण्डवहरुको समेत पुरै पाण्डवहरुको वंश सिध्याउनको लागि आदेश दिए । यसबेला अस्वस्थामाले कृतवर्मा र कृपाचार्यलाई लिएर रातमा पाण्डवहरुको शिविरमा गए ।उनीहरुले पुरै शिविरमा आगो लगाइदिए र सबै योद्धाहरुलाई जिउँदै जलाएर क्रोध शान्त गरी अस्वस्थामा र अरु तीनजना दुर्योधन भएको स्थानमा गए ।

जब उनीहरुले दुर्योधनलाई यो जानकारी सुनाए, यो सुनेर उनीहरु चैनले उक्त दिन निदाए । जब बिहान पाण्डवहरु आए चित्कार गर्दै अश्रथामालाई खोज्न लागे उनी व्यासको आश्रममा लुकिरहेका थिए । तब अर्जुनले पनि ब्रहा अस्त्र ताने र अश्रथामाले पनि अरुत्र निकाले । उक्त बेला ब्यासले दुवैलाई आफ्नो अस्त्र फिर्ता गर्न आग्रह गरे, अर्जुनले मात्र आग्रह स्वीकार गरे तर अस्वस्थामाले मानेनन् । अश्रथामाले आफ्नो अस्त्र उत्तराको कोखमा हाने र उनको कोखको परिक्षितको मुत्यु भयो ।दुर्योधनले आफ्नो मित्रको प्रेमले कर्णलाई सोह्र दिनमा सेनापति बनाए । यदि अश्रथामाको सेनापति बनाएको भए उनीमा रुद्रको अवतार थियो र रिस उठेमा रुद्र अवतारको प्रयोग गरेर युद्ध जित्ने निश्चित थियो तर उसको विनासकाल तिर मति गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे