नया वर्षको शुभकामना घरमै बसैं, आफु बचौ र अरुलाई पनि बनाऔं !

प्रकाशित मिति:

प्रकाश न्यौपाने
बैशाख १,२०७७
नवलपरासी । आज देखी नयां वर्ष २०७७ साल लाग्यो । विगतका वर्षहरुमा जस्तो यो वर्ष हर्ष र उल्लास नभए पनि नयां वर्षको शुभकामना आदान प्रदान गरीएको छ जस्मा भनिएको छ घरमै बसैं, आफु बचौ र अरुलाई पनि बनाऔं । पछिल्लो समय विश्व भरी नै फैलिएको कोरोना भाइरसले गर्दा यो नया वर्षमा शुभकामना नै फेरीएको छ ।


अहीलेको नयां वर्षको शुभकामनामा कोरोना भाइरसका विरुद्ध जनचेतना अभिवृद्धि गर्ने गरी सन्देश आदान प्रदान गरीएका छन । बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालले कोरोना भाइरसको संभावित जोखिमबाट जोगीन अझ केही दिन घर भित्र बसी लकडाउनको पुर्ण रुपमा पालना गर्न भनिएको छ ।


पछिल्लो समय कोरोना भाइरसको संक्रमितको संख्या बढे संगै थप त्रास बढिरहेको बेला सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा र उपप्रमुख दधिराम अर्यालले कोरोना भाइरसको संकमणबाट हामी सबै सुरक्षित रहौं भन्दै शुभकामना दिइएको छ ।


त्यस्तै सुस्ता गांउपालिका प्रमुख राम प्रसाद पाण्डेयले विषम परीस्थितिमा संभावित जोखिमबाट बच्नका घर भित्र बसि यसको नियन्त्रणका लागी सम्बद्ध निकायहरुबाट प्राप्त निर्देशन पालना गर्नुहुन भन्दै शुभकामना दिएका छन ।


तेस्तै पाल्हीनन्दन गांउपालिका प्रमुख दिपक गुप्ताले कारोना फैलिरहेको बेला सम्पुर्ण नेपालीहरुमा सकारात्मक सोच,उर्जा र समृद्धिको साथै कोरोना विरुद्ध हामी सबै एकजुट भइ विजयी होऔ भन्दै शुभकामना दिइएको छ ।


तेस्तै रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले आफ्नो शुभकामना सन्देश मार्फत बर्तमान अबस्थामा आफु सुरक्षित भएर बाऔं र अरुलाई पनि बचाऔं भनेकाछन् ।

तेस्तै प्रतापपुर गाउपालिकाका प्रमुख राजकुमार शर्माले विश्व भरी नै फैलिएको कोरोना भाइरसबाट आफु बचौ र अरुलाई पनि बचाऔं भन्दै शुभकामना दिएका छन् ।

तेस्तै पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरी शर्माले विश्व नै कोरोना भाइरस संक्रमणले आक्रान्त भई रहेका बेला आगमन भएको नयां वर्ष २०७७ साल सुरूवाती चरणमै कोरोना भाइरसलाई परास्त गर्न सफल बनोस् भन्ने कामनासहित जनतालाई सुसुचित गर्न अग्रपंक्तिमा रहेर काम गर्नुहुने सम्पूर्ण पत्रकार साथीसंगै देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयां वर्ष २०७७ को हार्दिक शुभकामना दिएका छन् ।