परदेशबाट छोरालाई पत्र !

प्रकाशित मिति:

-सूचना ‘प्रिया’

मैले मुटुभरि पिडा र आँखा भरि आँसु बोकेर दाजुलाई बिदाइको हात हल्लाएँ र भनें “भान्जा को राम्रो ख्याल राख्नु’ !

प्यारो छोरा समर्पित ,मिठो चुम्बन !

तिम्रो भविश्य उज्जवल बनाउने हेतुका साथ काठोर समयसँग मुकाविला गर्दै गर्दै यहाँसम्म आइपुगें तर यो समय अझै बढी कठोर बनिरहेरेको छ । मलाई याद छ तिमी गर्भमा आय देखीका खुशीहरु, दुःखहरु सब्बै सब्बै कुराहरु ।

अन्ततः घर छाडें ,तिमीलाई छाडें ! आँसुले बाटो छेकेको थियो, मुटु सय किलो को ढुङ्गा जस्तै भएको थियो ,तिमीलाई केही नहोस् म बिना नै बाँच्न सक्ने शक्ती भगवानले भन्ने प्राथना गर्दै परदेश लागेको थिएँ ।

जीवन आफुले सोंचेजस्तो कहाँ हुँदोरहेछ र भन्थें, तिमीलाई कहिले छोड्ने छैन जति दुःखहरु आइपरे पनि पिठ्यँमा बोकेर सामना गर्नेछु तर सकिन छोरो मलाई माफ गर ,मलाई रहर नभएको कहाँ हो र “तिमीसँग तारा बाजी लैलै गर्न, ओकल दुक्कल गर्न, तिम्रा कलिला हातहरु समाएर ताते ताते गराउन,आमा भनन बा भनन भनेर सिकाउन, भजनमा ताली पिटेर नाँच्न सिकाउन,गोलो गोलो अण्डा पुलिस को डन्डा लेखाउन ’’ तर बाध्यताले यि सब्बै सब्बै रहरहरु थाती राखेर तिमी उठेपछी तिमी र म दुबैलाई गाह्रो हुनेछ भनेर काख म लुट्पुटिएको तिमीलाई आफुबाट अलि टाढा राखी झिस्मिसेमै साइत सारेकी थिँए । तिमीसँग छोड्दाको त्यो रात रोएरै बितेकोथ्यो । तिमी अबोध थियौ,कता कता आफुलाई नै पापी भन्न मन लाग्थ्यो अन्ततः घर छाडें ,तिमीलाई छाडें ! आँसुले बाटो छेकेको थियो, मुटु सय किलो को ढुङ्गा जस्तै भएको थियो ,तिमीलाई केही नहोस् म बिना नै बाँच्न सक्ने शक्ती भगवानले भन्ने प्राथना गर्दै परदेश लागेको थिएँ ।

भैरहवाबाट बिहान दस बजेको उडान थियो काठमाडौंको लागि । जाडो महिना मौसम खराव भएका कारण धेरै बेर रोकिनु परेको थियो । लाग्थ्यो म तिमी वरिपरी नै छु ,दिउँसो को दुई बज्यो चिल गाडी आयो, उडान निश्चित भयो, दाजु आडैमा बसेर सम्झाइ रहनु भएकोथ्यो तर मलाई कुनै कुराको पनि प्रबाह नै थिएन बस् तिम्रो बाहेक ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राती दस बजेको उडान थियो । मौसम खराव भएकै कारण त्यो पनि केही समयका लागि रोकिएको थियो । जसरी नि छुट्टिनुनै छ दाजुलाई बिदा गरेर एक्लै डाको छोडेर रुन्छु जस्तो लाग्थ्यो, मुहार कालो पार्दै दाजु वरिपरी घुमिरहनु हुन्थ्यो, त्यतिकैमा बेलुकी को सात बज्यो बिमानस्थल भित्र छिर्ने आदेश आयो, मैले मुटुभरि पिडा र आँखा भरि आँसु बोकेर दाजुलाई बिदाइको हात हल्लाएँ र भनें “भान्जा को राम्रो ख्याल राख्नु’ !

मनमा आँधी हुरी चलिरहेकोथ्यो ,अनेक शब्दहरु तछाड मछाड गरिरहेका थिए, दुधे बालक तिमीलाई हुर्काउने जिम्मा आमालाई नै सुम्पिएर हिँडेकी थिएँ सजिलो कहाँ थियो र छोरा ?

मलाई त्यति बेला संसार नै अँध्यारो लागेको थियो, आकाश झरे जस्तो धर्ती भासिए जस्तो र प्रकृती आफैमा टुक्रा टुक्रा भए जस्तो । मनमा ज्वालामुखी जस्तो के बलेको हो ? मुटुमा भँुइचालो गए जस्तो के भड्केको हो ? आँशु समुन्द्र जस्तो के बगेको हो ? हैन एकाएक किन यस्तो भएको हो ? म आफुलाई सम्हाल्नै सकिन ,मैले त्यति नै बेला मेरी आमालाई पनि धेरै सँम्झिए सायद मेरी आमा लाई पनि आज म छुटेको दिन यस्तै भएको हुनुपर्छ , आमा घरिघरि रुँदा झर्किने,कराउने मेरो बानी म आफै आमा बने पछी थाहा पाएँ, खास आमा भनेको के हो ? भनेर । जनतन आफुलाई उभ्याइरहें सकि नसकी मान्छेहरु रमिते बनेर हेरिरहेका थिए । मनमा आँधी हुरी चलिरहेकोथ्यो ,अनेक शब्दहरु तछाड मछाड गरिरहेका थिए, दुधे बालक तिमीलाई हुर्काउने जिम्मा आमालाई नै सुम्पिएर हिँडेकी थिएँ सजिलो कहाँ थियो र छोरा ? अरु को लाख भन्दा आमा को काख प्यारो भन्ने उखानले फेरी झस्काउँथ्यो ।

त्यस्तो कुनै पल छैन म तिमीलाई सम्झेर नरोएको ,योजनाहरु बुन्दै थिएँ, तिमीलाई छिटो भन्दा छिटो भेट्ने तर फेरी अर्को दुश्मन कोरोनाले संसार घेरिरहेको छ डर र त्रास ले दिन रात बितिरहेका छन् ।

तिम्रो खुशीका लागि परिवार का हरेक सदस्य जे सुकै गर्न तयार हुनुन्हुन्थ्यो, बाबा आमा,मामा माइजुहरु, ठुलीआमाहरु अनि तिमीलाई मैले भन्दा धेरै माया गर्ने सानीमाले मलाई भन्दा धेरै माया गर्नुहुन्थ्यो, घरिघरि यो कुराले खुशी हुन्थें तर तिमीसँग सब्बै कुरा भएर पनि म छैन जस्तो हुन्थ्यो, घरि घरि लाग्थ्यो सुनको महल, पैसाको बिटो,चिल्लो गाडी,सुखसयल यि सब आखिर के का लागि ? मान्छे जो आफु कहिल्यै खुशी छैन भने । मन मा अनेक प्रश्न आउँथ्यो आखिर बिहान बेलुका छाक टार्नु न हो खुशीले त एक छाक नखाएरै टर्छ होला जस्तो भान हुन्थ्यो,आफुलाई क्षणमै के के बनाइन क्षण मै साहित्यकार, क्षण मै मनोबैज्ञानिक, क्षण मै आँशु कवि । चिलगाडी प्रतिक्षाको क्रम मै मनमा यो हुरी चलिरहेकोथ्यो ,अन्ततः चिलगाडी आयो, उडान निश्चित भयो राती एघार तिस को, झोलाबाट मोबाईल झिकेर आमा लाए फोन गरें र भनें ‘आमा म अब जान लागं,े दस पन्ध्र मिनेट मा उड्छु,।’ मैले अरु कुरा भन्नै पाइन, वाक्य नै फुटेन आमा रुनु भो, मैले फोन काटिदिएँ र बहिनीलाई मेसेज लेखें “म गएँ राम्रोसँग बस्नु, आमालाई सम्झाउनु ,बाबुलाई म नभएको जस्तो अनुभुती कहिले नगराउनु , आँशुले नै बाइ लेखें’।

हुन त बिछोड को पिडा, विदेशको दुःख अनुभव नभएको हैन । विदेशमा बसेर झेल्नुपर्ने समस्याहरु सब्बैको सामना गर्छु भन्ने मनस्थिति तन्दुरुस्त राखेर झोला बोकेकी तिम्री आमा तिम्रो अभावमा अझै पनि ति संघर्षहरुसँग लडिरहेकी छे ।

बिस्तारै चिलगाडी गुड्यो र उड्यो पनि । अब त सब्बै सकियो कति रोएँ कति, कति सम्झें कति, आमाको मन न हो आधा मुटु उतै छोडेर हिँडेको जस्तो भयो स्वदेश ,घरपरिवार र तिमी बाहेक दिमागमा केही आएन ,झ्यालको सिट बाट ताराहरु गन्दै बादलहरुसँग मडारिँदै तिमीलाई बिर्सन खोज्थें तर यादलाई मार्न कहिले सक्दो रहेनछ ,लामो यात्रा तय गरे पछि सिङ्गापुर आयो चिलगाडी रोक्यो छ घन्टा बस्नु पर्नेथ्यो निकै सुन्दर सिङ्गापुर झिलिमिली बत्ती ,ठुलो र रमाइलो लाग्ने सिङ्गापुरे बिमानस्थल झलमल थियो तर मेरो मनमा अँध्यारो मात्रैथ्यो, सन्नाटा छाएकोथ्यो रुन कतै पनि बिसाएकी थिइन , छ घण्टा बिताउन छ महिना जस्तो लाग्यो । समय न हो त्यो पनि बित्यो त्यहाँ बाट अर्को गन्तब्य सुरु भो अस्ट्रेलिया को उहि क्रम दोहोरियो गुड्यो अनि उड्यो,पट्यार लाग्दो यात्रा ,निरासपन एक्लोपन ले झनै च्यपिरहेकोथ्यो । अझै आठ नौ घण्टा उड्नु छ आकाशमा । न निद्रा छ न भोक नै छ, छ त केवल याद मात्र ! त्यति बेला थाहा पाएँ जीवन ,माया र सम्बन्ध के हो भनेर, सायद यि चिजहरु पैसाले किनेर कहिले पाइदैन । समय ले झन् झन् टाढा बनाउँदै लग्यो,गन्तब्यको निकट आइपुगेको भान हुन्थ्यो । करिव करिव आठ,नौ घण्टाको यात्रा पछि अस्ट्रेलियाको सिड्नीमा चिलगाडी ओर्लियो,बिमानस्थल बाहिर तिम्रा बा मलाई कुरिरहनु भएकोथ्यो, जब तिम्रा बा लाई भेटे झन् आफुलाई सम्हाल्नै सकिन । हुन त बिछोड को पिडा, विदेशको दुःख अनुभव नभएको हैन । विदेशमा बसेर झेल्नुपर्ने समस्याहरु सब्बैको सामना गर्छु भन्ने मनस्थिति तन्दुरुस्त राखेर झोला बोकेकी तिम्री आमा तिम्रो अभावमा अझै पनि ति संघर्षहरुसँग लडिरहेकी छे । जुन तिमीलाई खुशी पार्नका लागि,तिम्रा अभावहरु पुर्तिका लागि, तिमीलाई असल र स्वभिमान बनाउन का लागि । खैर् मनमा तिमीसँग भन्नुपर्ने एउटा उपन्यास नै तयार भएको छ । सब्बै कुरा भेटेरै भन्छु , जती लेखेपनी सकिँदैन मनका गन्थन, झन् झन् थपिँदै आउछन् झन् झन् मुटु भरिएर आउँछ ।

अब त तिमी ठुलो भैसक्यौ , सब्बै कुरा बुझ्ने भैसक्यौ तातो पानी पिउनु ,समय समय मा साबुन पानी ले हात धुनु ,सफा हुनु,घर मै बस्नु ,

प्रिय छोरा आज एक वर्ष पाँच महिना बितिसकेछ तिमीसँग छुटिएको । त्यस्तो कुनै पल छैन म तिमीलाई सम्झेर नरोएको ,योजनाहरु बुन्दै थिएँ, तिमीलाई छिटो भन्दा छिटो भेट्ने तर फेरी अर्को दुश्मन कोरोनाले संसार घेरिरहेको छ डर र त्रास ले दिन रात बितिरहेका छन् । काम छैन घर मै छु ,यो खाली समय तिमीसाथमा भैदिएको भए कति सहजै दिन बिथ्यो होला । यो केवल कल्पना मात्र भयो के गर्नु प्रकृतिको अगाडी बिज्ञान पनि शुन्य हुँदो रहेछ । सन्सार भरि महामारी फैलिएको छ । अब त तिमी ठुलो भैसक्यौ , सब्बै कुरा बुझ्ने भैसक्यौ तातो पानी पिउनु ,समय समय मा साबुन पानी ले हात धुनु ,सफा हुनु,घर मै बस्नु , अस्ति तिम्री सानीमा ले फोन मा भन्दै थिइ,‘ तिमी लाई गीत सुन्न र गाउन मन पर्छ रे ।’ हो, गीत सुन्नु, गाउनु ,खुशी भएर बस्नु, अब हामी छिट्टै भेट्ने छौ ,अँ सुन त आमालाई दुःख नदिनु, भनेको मान्नु ज्ञानी हुनु ,असल हुनु ,सानिमा र आमाको मन कहिले नदुखाउनु ल !

उही तिम्री परदेशी आमा