शितगंगामा आगलागी हुदाँ १ घर जलेर नष्ट ७ लाखको क्षति

प्रकाशित मिति:

अर्घाखाँचीको शितगंगामा वडा नम्बर ६मा आगलागि हुदाँ एक घर र गोठ जलेर नष्ट भएको छ । कल्लेरी निवासी काँसी बहादुर नेपालीको घर र गोठमा आगलागी हुँदा ६ लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागी पिडित नेपालीको घरमा आज नगर प्रमुख सुर्य प्रसाद अधिकारी तथा वडा अध्यक्ष ऋषि रेस्मिले अनुगमन गरि तत्कालको लागी १ क्युन्टर चावल , ३ किलो दाल , २ लिटर तेल तथा नुन राहत बितरण गर्नु भएको छ । लागलागिमा परि भैसि गोरु र बाख्रा समेत जलेका छन ।