कांग्रेसद्धारा नवलपरासीका पालिका मार्फत स्वास्थ्य कर्मिलाई पिपिइ सामाग्री हस्तान्तरण

प्रकाशित मिति:

प्रकाश न्यौपाने
वैशाख १, २०७७
नवलपरासी । नेपाली कांग्रेस नवलपरासीद्धारा पश्चिम नवलपरासीमा रहेका ७ वटै स्थानिय तहहरु मार्फत स्वास्थ्य संस्थाहरुलाई पिपिई. सामाग्रि हस्तान्तरण गरिएको छ । त्रिभुवन क्याम्पस बेलाटारीका पुर्व स्ववियु सभापति चन्द्रकान्त खनालको सौजन्यमा नेपाली कांग्रेस नवलपरासीका कार्यवाहाक सभापति अर्जुन कुमार पोख्रेलले पालिकाका प्रमुखहरु मार्फत पिपिई सामाग्रि हस्तान्तरण गर्नु भएको छ ।
कोरोना संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि पिपिई सामाग्रि हस्तान्तरण गरिएको नेपाली कांग्रेस नवलपरासी जिल्ला कार्यसमितिका सदस्य विश्व प्रेम पाठकले बताउनु भयो । पाठकका अनुसार –‘स्थानिय तहहरु मार्फत स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्य कर्मिहरुलाई पिपिई सामाग्रि हस्तान्तरण गरिएको हो ।’


नवलपरासी बर्दघाट सुस्ता पश्चिममा रहेका बर्दघाट, सुनवल र रामग्राम नगरपालिकामा १५ ÷१५ सेट, साथै सुस्ता, प्रतापपुर, सरावल र पालिनन्दन गाउँपालिकामा १०÷१० सेट र जिल्ला प्रशासन कार्यलयमा १० सेट पिपिई सामाग्रि हस्तान्तरण गरिएको संविधान सभा सदस्य एंव नेपाली कांग्रेसका नेता विक्रम खनालले बताउनु भयो । उहाँका अनुसार –‘अहीले हस्तान्तरण गरीएको यस पिपिई सामाग्रिहरु पुन प्रयोग गर्न सकिने रहेका छन् ।’