अमेरिकी राजदूत र्‍यान्डी बेरी ले वुझाए राष्ट्रपति भण्डारीलाई ओहदाको प्रमाणपत्र

प्रकाशित मिति:

काठमाडाैं – नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारी समझ आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। विहिबार राष्ट्रपति भवन शीतल निवासमा बेरीले अाेहाेदाकाे प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

‘नयाँ भूमिकामा नेपाल फर्कन पाउँदा मलाई ज्यादै खुशी लागेको छ’, राजदूत बेरीले भने ‘नेपाल र अमेरिकाबीचको मित्रतालाई थप मजबुत बनाउन म उत्सुक छु र मलाई आशा छ, हामीहरूको कूटनीतिक संलग्नताले हाम्रा दुई देशबीच जारी रहँदै आएकौ साझेदारी तथा सहकार्यलाई प्रवर्द्धन गर्नेछ।’

नवनियुक्त राजदूत बेरीले यसअघि पनि नेपालमा काम गरिसकेका छन्। उनले सन् २००७ देखि २००९ सम्म दुई वर्षका लागि अमेरिकी दूतावास काठमाडौंमा डेप्युटी चिफ अफ मिसन (नियोग उप-प्रमुख) को जिम्मेवारी सम्हालेका थिए।