कोरोनाको संक्रमणबाट बचाउन पत्रकारका लागि पनि सुरक्षा सामग्री 

प्रकाशित मिति:

सर्लाही ३ वैशाख । जिल्ला विपत व्यवस्थापन समितिले सर्लाहीका पत्रकारहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री प्रदान गरेको छ ।  विश्वव्यापी महामारीका रुप लिएको कोरोना भाईरस९कोभिड–१९०बाट सर्लाही र यहाँका पत्रकारहरु समेत जोखिममा रहेकोले उनीहरुको लागि व्यक्तिगत सुरक्षा सामाग्री प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले पत्रकारहरु समाचार संकलन गर्न फिल्डमा हिड्नु पर्ने बाध्यता भएकोले उनीहरुलाई समेत कोरोनाको संक्रमणबाट सुरक्षित राख्न सुरक्षा सामाग्री प्रदान गरिएको बताउनु भयो । उहाँले पत्रकार महासंघ जिल्ला शाखा मार्फत जिल्लामा क्रियाशील पत्रकारहरुका लागि माक्स, सेनिटाईजर, हात धुने साबुन र ग्लोब्स लगायतका व्यक्तिगत सुरक्षा सामगी्र प्रदान गरिएको बताउनु भयो ।
उहाँले पत्रकार महासंघ सर्लाहीलाई सर्जिकल माक्स २ सय पिस, डिटोल साबुन २० पिस, सेनिटाईजर २५ पिस र ग्लोव्स २५ पिस पत्रकारहरुको लागि पठाउनु भएको महासंघका सर्लाही अध्यक्ष विश्वनाथ ठाकुरले जानकारी दिनुभयो । यस्तो कोरोना महामामरीको समयमा जिल्ला विपद व्यवस्थापन समितिको तर्फ बाट प्रजिअ जिसीले पत्रकारहरुलाई सुरक्षित राख्न व्यक्तिगत सुरक्षा सामग्री दिएपछि पत्रकार महासंघका अध्यक्ष ठाकुरले धन्यवाद समेत दिनुभएको छ ।