सैनामैनामा एक पक्राउ

प्रकाशित मिति:

रुपन्देहीको सैनामैनामा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले बुधवार सैनामैना १ बाट ३७ वर्षीय मानबहादुर सुनारीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख खिमलाल भट्टराईले बताए । १५ वर्षीया किशोरीलाई ललाईफकाई गरी जबरजस्ती करणी गरेका उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले जनाए ।