राहत कोषमा तिलोत्तमा सहकारीद्धारा ५१ ह्जार सहयोग

प्रकाशित मिति:

तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा तिलोत्तमा बहुमुखी सहकारी संंस्था लिमिटेडले ५१ ह्जार १ सय ११ रुपैयां सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरेको संस्थाका अध्यक्ष माधवलाल देवकोटाले बताए ।
उक्त रकम ग्रहण गर्दै नगर प्रमुख वासुदेव घिमिरेले सबै मिलेर यो विषम परिस्थितीबाट पार पाउन सकिने भएकाले सहयोग गर्न आहुवान गर्दै सहकारीले गरेको सहयोगको प्रशंसा गरे । उनले नगरपालीका सबैका लागि समान भएकाले यो अवस्थामा ज्याला मजदुरी गरेर खाने वर्गलाई राहत उपलब्ध गराइरहेको जनाए ।
यसैबीच तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा हालसम्म झण्डै नगद ५० लाख रुपैंयां संकलन भएको छ । कोषमा तिलोत्तमा नगरपालिकाका कर्मचारी तथा शिक्षकको तीन दिन बराबरको तलबबाट १७ लाख २ हजार ६ सय ६५ रुपैंयां कोषमा जम्मा भएको लेखा अधिकृत रमेश बस्यालले जनाए ।