तरुण दल र नेविसंघ क्षेत्र नं.१ कपिलवस्तु गरिबको बस्ति बस्तिमा

प्रकाशित मिति:

कमल चौधरी /नेपाली कांग्रेस तरुण दल र नेविसंघ छेत्र नं.१ कपिलवस्तुले कपिलवस्तु नगरपालिका वडा नं.९,१०,११ र मायादेवी गाउँपालिका वडा नं.३ मा रहेका अति बिपन्न १६० भन्दा बढि घर परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।नगरपालिका बाट राहत बितरण भैरहदा नपाएका उनिहरुले नेपाली कांग्रेसका केन्द्रिय सदस्य माननीय सांसद अतहर कमाल मुसलमानको विशेष सहयोगमा नपाली कांग्रेसका जिल्ला सदस्य ललित गुरुङ, जमसेद खान, नेका महा समिति सदस्य दुर्गा सेन, मेवालाल यादव, नेका छेत्रीय सभापति शालिकराम चौधरी उपसभापति कृष्णमुरारी ज्ञवालि, सचिव प्रेम पौडेल, अतिकुर रहमान मुसलमान, तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी, क्षेत्रीय सभापति तिलक थापा, सचिव गोबिन्द आचार्य नेविसंघ छेत्र नं.१ सभापति चन्द्रकान्त पोख्रेल २ का अमजद खान, इकाई सभापति दिनेश छेत्री त्यसैगरी नेका नगर सभापति बिष्णु थापा, नेकाका नेता बिजय खनाल, महिला नेतृ रेनु श्रेष्ठ वडा सभापति देबेन्द्र पोख्रेल वडा अध्यक्ष मोहन शर्मा,लगायतको उपस्थितिमा अति बिपन्न परिवारलाई अति आवस्यक रहेको चामल, दाल, नुन,तेल,लगायतका १६० भन्दा बढी घरपरिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ ।

सो कार्यक्रम मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य माननीय अतहर कमाल मुसलमानले नेपाली कांग्रेस सधै गरिबको बस्तिमा रहेको बताउदै यो बेला खान नपाएर मजुरी गरेर खाने मजदुरको परिवारलाई बाच्न पाउने अधिकारबाट बन्चित गर्न नहुने भन्दै आफू लागिपरेको बताउनुभयो।उहाले हामी राजनीति मात्र हैन येस्तो बेला फिल्डमै खटिएर लागि पर्ने र लागिरहेको बताउदै चुनाबका बेला मात्र आएर भासण गरेर केही हुदैन जनताको साथमा साथ दिनुपर्छ भन्दै आफू हर हमेसा तयार रहेको बताउनु भयो । नेविसंघका चन्द्रकान्त पोख्रेलले भने–“बिपत्तिका बेला घरमा नै बस्ने बेला हैन राजनीति समाज रह्यो भनि गर्न सकिन्छ । अरुबेला राजनीति गर्ने समय छदै छ ।

यस्तो अवस्थामा यो पार्टी त्यो पार्टी नभनी बिपन्न परिवार को छन् । खोजेर जस्को घरमा चुल्हो बल्न गाह्रो पर्दै गईरहेको छ । ती परिवारमा यो बेला कोहि पनि भोकै बस्न नपरोस् भन्दै आफु र आफ्नो परिवारको स्वास्थ्य पनि ख्याल नगरी अरु परिवार पनि आफनै परिवार हुन भन्दै हामी हिडेका छौं ।” उनले बोलेर मात्र हैन हामी बिपन्न परिवारको घरमा पुग्नु पर्छ उनिहरु सङ्ग खुसी साटनु पर्छ भनी लागि परेको बताउनुभयो ।
युवाहरु यो बिपत्तिको बेला सबैको परिवारमा चुलो बल्नुपर्छ । हामिहरु लागि परेका छौं । युवाहरू खाली परिवारको जिम्मेवारी लाई हेर्दै समाजका लागि लाग्नुपर्छ । समाजमा देखिएका समस्यामा सहयोगी भावना लिएर अगाडि बढ्नुपर्छ । हामिहरु ती बिपन्न्न परिवारलाई केही भएपनी राहत मिलोस्, उनिहरुलाई केही दिन भएपनी बाच्नका लागि पुगोस भनी लागिपरेका छौं ।” तरुण दल कपिलबस्तुका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले बताउनुभयो ।

उहाँले संकटको अवस्थामा मजुरी गरेर खाने परिवारलाई गाह्रो परेको पिडामा मलम लगाउन आफुहरु राहत बाडिएको जनकारी दिए । त्यसैगरी नेपाली कांग्रेसका क्षेत्रीय सभापति शालिकराम चौधरी र नेपाली कांग्रेसका नगर सभापति बिष्णु थापाले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै बिपन्न परिवारलाई अप्ठ्यारो परेको बेला हामी सधै लागि पर्ने बताउनु भएको थियो । कपिलवस्तु नगरपालिकाका ९, १०, ११ र मायादेवी गाउँपालिकाको ३ वडामा त्यहाका पार्टी सभापति पार्टीका अग्रज ब्यक्तित्वहरुको विशेष सहयोगमा बिपन्न परिवारको पहिचान गरि सामग्री जुटाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गर्दै गर्दा सामाजिक दुरि कायम गरि कार्यक्रम गरिएको नेविसंघ का चन्द्रकान्त पोख्रेलले जनकारी दिए ।