भीरकोटमा लक डाउन व्यवस्थापनका लागी सरोकारवाला संग छलफल

प्रकाशित मिति:

चुत्र महत/भीरकोट भीरकोट नगरपालिकाले नगर भित्रका सरोकारवाला संग सरकारले गरेको लक डाउन व्यवस्थापन सम्वन्धी छलफल गरेको छ ।
सरोकारवाला संग छलफल कार्यक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले विश्वव्यापी महामारीको रुपमा फैलीएको कोरोना भाइरसले नेपालीको दिनर्चायमा दिनानुदिन प्रभाव पारेको वेला सरकारले गरेको लक डाउन लाई प्रभावकारी वनाउनको लागी सवैको राय वुझी कार्यान्वयनमा ल्याउनको लागी आज वसेको वैठकले निम्न निर्णय गरेको छ ।

अत्यावश्यक खाद्यान्न सामाग्री बोक्ने सवारी साधनको टोल विकास समिति र वडा कार्यालयको शिफारीसको आधारमा यकिन गरी आवत जावत व्यव्स्था मिलाउने ।अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर वाहिर ननिस्कनको लागी सर्वसाधरणलाई अनुरोध गर्ने, अटेर गरेमा आवश्यक कारवाही गर्ने ।
नगरपालिका भित्रका नियमित औषधी खाने विरामीहरुको लगत तयार गरी औषधी उपलब्ध गराउने व्यवस्था मिलाउने । विरामी भई स्वास्थ्य सस्थामा उपचार गरी रिफर गरेका विरामीलाई सम्वन्धीत अस्पतालमा लैजानको लागी यातायातको व्यवस्था मिलाउने । वडा कार्यालयहरु मर्फत टोल विकास समितिहरु सँग सम्र्पक गरी उल्लेखित निर्णयहरुको प्रभावकारीता वारे जानकारी आदन प्रदान गरी नगरपालिका वा नगर प्रमुखलाई जानकारी गराउने आदी निर्णय गरी लागू गरेको नगर प्रवत्ता दिपेन्द्र केसीले वताए । नगर प्रमुख छाायाराम खनालको अध्यक्षतामा सरोकारवाला संग सरकारले गरेको लक डाउन व्यवस्थापन सम्वन्धी सम्पन्न छलफल कार्याक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले गर्नु भएको थियो ।