गुल्मीको धुर्काेट गाउँपालिकामा पहिलो चरणमा ७७९ घरधुरीलाई राहत वितरण सम्पन्न

प्रकाशित मिति:

सम्झना पोख्रेल/गुल्मी  –
देश लकडाउनमा छ सरकारले लकडाउनको समय पुनः थपेको छ । बैशाख ३ गतेसम्म भनिएको लकडाउन बैशाख १५ गतेसम्म थपिएको छ । गुल्मीमा पनि लकडाउनमा कडाई गरिएको छ । यो सँगै बिहाँन बेलुका ज्यालामजदुर गरी खाने मजदुरहरुलाई यस लकडानले गर्दा साँझ बिहानको छाक टार्न समेत धौधौ परेको छ ।
यस्तो अवस्थामा सरकारले राहतको व्यवस्था गरेको छ । स्थानिय सरकारले पनि अति विपन्न परिवारको तथ्याङ्क आकलन गरी धमाधम राहत वितरण गरिरहेका छन् ।
गुल्मीको धुर्काेट गाउँपालिकाले पहिलो चरणको राहत वितरण गरिसकेको छ ।

जसमा धुर्कोट गाउँपालिका वडा नं. १ नयाँगाउँमा ११८ घरधरी, वडा न.ं २ पिपलधारामा ११० घरधुरी, वडा न.ं ३ हाडहाडेमा १०६ घरधुरी, वडा न.ं ४ जैसिथोकमा १०५ घरधुरी, वडा न.ं ५ वस्तुमा १२० घरधुरी, वडा न.ं ६ धुर्काेट रजस्थलमा ११० घरधरी, र वडा न.ं ७ वाग्लामा ११० घरधुरी गरी कुल ६८९ घरधुरीलाई पहिलो चरणको राहत वितरण गरिएको छ ।

यस्तै वडा न.ं ४ जैसिथोक र वडा न.ं ५ वस्तुमा विपन्न परिवार अझै छनोट गरी राहत वितरण गरिने र धुर्कोट गाउँपालिका भित्रका अति विपन्न परिवार छुट हुन गएमा अनुगमन गरी पुनः राहत वितरण गरिने भएको छ भने दोस्रो चरणको राहत वितरण पनि अब छिट्टै तथ्याङ्क पत्ता लगाई गरिने भएको छ । धुर्कोट गाउँपालिकामा बिहान बेलुका खान नपाई भोकै बस्न नपर्ने गाउँपालिकाले जनाएको छ ।