तरुण दल बुटवलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा पिपिई प्रदान

प्रकाशित मिति:

बुटवल – नेपाल तरुण दल बुटवल नगर समितिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मीका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) प्रदान गरेको छ ।

कोरोना संकटको माहामारीका बेला पनि निरन्तर स्वास्थ्यक्षेत्रमा कार्यरत स्वास्थकर्मीहरुका लागि १० थान पिपिइ हस्तान्तरण गरिएको तरुण दल नगर सभापति सुजन पुनले बताउनुभयो ।

‘करिब ३० हजार बराबरको सहयोग गर्यौं,हामीले सक्दो मानवियता देखाउनुपर्ने समय आएको छ,सबैले सहयोग गर्नुपर्दछ ।’ उनले भने ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाललाई पिपिइ हस्तान्तरण गरिएको हो ।

सो अबसरमा अस्पताल अध्यक्ष सूर्य बहादुर भट्टराई,पूर्व केन्द्रिय सचिब चिरञ्जिवी जोशी,नेविसंघ केन्द्रिय उपसभापति मुक्तिराज पौडेल,नेपाल चिकित्सक संघ प्रदेश ५ का अध्यक्ष इन्द्र ढकाल,सचिब नवनारायण बेल्बासे,तरुण दल क्षेत्रिय सभापति हसन्त लामा, डा सुदर्शन थापा, डा दयाराम पन्थी लगायतले बोल्दै तरुण दलले गरेको सह्रानिय कामको प्रशंसा गरेका थिए । तरुण दलले यसअघि खाद्यान्न बितरण,रक्तदान लगायतका सामाजिक काम गरेको उपमहानगर समितीका अध्यक्ष सुजन पुनले बताउनुभयो ।