तिन दिन पैदल हिडेर आएका ६० जना मजदुरलाई वडा अध्यक्षद्धारा सहयोग

प्रकाशित मिति:

प्रकाश न्यौपाने
प्रकाश न्यौपाने
बैशाख ४ गते ।
नवलपरासी । काठमाण्डौंबाट घर जानका लागि ३ दिन पैदल हिडेर आएका ६० जना मजुदरहरुलाई बर्दघाट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष्ँ चन्द्रकान्त चापागाईले उद्दार गरी गन्तव्यमा जानका लागी सहयोग गरेका छन् । वडा अध्यक्ष्ँ चन्द्रकान्त चापागाईले बाँके र बर्दिया जानका लागी काठमाण्डौंबाट ३ दिनअघि पैदल हिडेर विहीबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ९ स्थीत भुताहा चौकमा आइपुगेका मजदुरहरुलाई दुई वटा गाडीमा देवदह नगरपालिकाको भलुहीसम्म पु¥याएर सहयोग गरेका हुन । ३ दिनको पैदल यात्राका कारण सबै मजुदरका खुट्टा सुनिएका थिए । भोक र प्यासले अनुहार मलिन रहेका उनिहरुले उद्दार गर्नुभएकोमा धन्यवाद दिर्दै खुसी व्यक्त गरेका छन् ।