रुपन्देहीबाट हिडेरै कैलाली जान लागेका मजदुरलाई सियारीले गर्यो उद्धार

प्रकाशित मिति:

सियारी/रुपन्देहीबाट हिंड्दै कैलाली जान लागेका मजदुरहरुलाई रुपन्देहीको सियारी गाउँपालिकाले उद्धार गरेको छ ।उनिहरुलाई निःशुल्क खाना खुवाई घरजनाका लागि बसको ब्यवास्था समेत मिलाएको गाउँपालिकाले जनाएको छ ।रुपन्देहीका बुटवल, भैरहवा लगाएत विभिन्न ठाउँमा निर्माणका काम गर्दै आएका मजदुरहरु अलपत्र हिंड्दै गरेको अवस्थामा अमुवाबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताएकाछन् । उनिहरुलाई विहिवार एउटा बस खोजी कैलाली तर्फ पठाईएको उनको भनाई छ ।

लकडाउनका कारण बस्न र खान अप्ठ्यारो भएपछि हिँड्दै टीकापुर जान लागेको मजदुरहरुले बताएका छन् । “काम सबै बन्द छ, पसल सबै बन्द छ, हामीलाई एकरएक हजार ठेक्दारले पैसा दिएको छ, के खाने रु कहाँ बस्ने रु लकडाउन खुल्ने निधो छैना, घर जनालाई गाडी चल्दैना हामी हिंडेरै भए पनि घर जना आँट गरेऔं” कैलाली भजनी नगरपालिका–१ बस्ने सुनिता बस्नेतले गुनासो गरिन् ।कोहि बुटवल काम गर्ने, कोहि कोटीहवा, कोहि भैरहवा फोनमा कुरा गरेपछि हामी अमुवा भन्ने ठाउँ आइपुगेऔं तर हामी अलपत्र परेपछि गाउँपालिकाले निःशुलक खाना खुवाएर घर जनाका लागि बसको ब्यवास्ता गरिदिएकोमा खुसिराम चौधरीले गाउँपालिकालाई धन्यवाद दिए ।

अमुवामा २२ जनाको समूहमा पैदल हिँडिरहेको देखेपछि सोधपुछ गरी उनीहरुलाई अमुवामा रहेको गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखि खाना खुवाएर घर पठाइएको गाउँपालिका प्रवक्ता तथा उपाध्यक्ष अमृता गुरुङ्गले बताए ।उनीहरु बुटवलमा विभिन्न स्थानमा घर बनाउने कार्यमा खट्दै आएको मजदूर रहेको बताइएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड – १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको छ । लकडाउन भएसँगै सर्वसाधारण र दैनिक ज्याला मजदुरी गरेर घर परिवार गुजार्नेहरु समस्यामा पर्नुका साथै अलपत्र समेत पर्ने गरेका छन् ।