कोरोना नियन्त्रणको दिर्घकालिन योजना वनाउनु पर्छ : मन्त्री बराल

प्रकाशित मिति:

बुटवल/ कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्वन्धी प्रदेश नं ५काजिल्लाहरुको स्थलगत अध्ययन गरी फर्किएका संघीय सरकारले खटाएको प्रतिनिधीहरुसंग सामाजिकविकास मन्त्रालयमा विहिवार छलफल गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटनु’ भएका डा रमेश खरेलले जिल्लाकाअस्पतालहरुको अवस्थाको विषयमा रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । छलफलमा सामाजिक विकास मन्त्री माननीय सुदर्शन बराल ज्यूले कोरोना भाइरसनियन्त्रणको लागि दिर्घकालिन योजना बनाएर जानु पर्ने औल्याउनु भयो ।

उहांले संघीयसरकारले त्यसको संयोजन तथा सहजीकरण गर्नु पर्ने बताउनु भयो । क्रिटिकल केयरकोलागि पहिलो चरणमा ४ वटा कोरोना स्पेशल अस्पताल स्थापना गरिएको तथा दोश्रोचरणमा प्रादेशिक अस्पतालहरु र तेश्रो चरणमा प्रदेशका मेडिकल कलेजका अस्पतालहरुलाईडेडिकेटेड अस्पतालको रुपमा रुपान्तरण गर्न तयारी गरिएको जानकारी दिनु भयो ।मन्त्रालयका सचिव डा गोपिकृष्ण खनालले संघीय सरकारले रकम पठाएपनि खर्च गर्न नसकिनेअवस्थामा रहेको बताउनु भयो । विशेष परिस्थितिमा खरिद सम्वन्धी ऐनमा केही सहजीकरणगर्न पर्ने आवश्यकता औल्याउनु हुदै उहाले संघिय सरकारले विशेष परिस्थितीमा केहीसरलीकृत गरिदिनु पर्ने बताउनु भयो ।