कास्कीका सहायक सिडियो प्रति नेकपा स्याङ्जाका अध्यक्ष गैरेको आक्रोस, गृहको ध्यानाकर्षण

प्रकाशित मिति:

स्याङ्जा । कोरोनाको प्रकोपलाई न्यूनीकरण गर्ने सरकारले लक डाउन थप गरीरहेको वेला विभिन्न जिल्लामा लकडाउन उलंघनका घटनाहरु भईरहेका छन् । नागरिकका अत्यावश्यक काममा समेत कडाइ गरिरहेका बेला कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जारी गरेको सवारी पास चेकजाँचमा भेटिएपछि अध्यक्ष गैरेले आक्रोस पोखेका छन् ।  जिल्लाका विभिन्न भागमा पुगेर महामारीको अवस्थाका बारेमा जिल्ला विपत्त समितिमा काम गरिरहेका गैरेले सामाजिक सञ्जाल मार्फत गृहमन्त्री र मुख्य मन्त्रीलाई ध्यानाकर्षण जनाउदै सामाजिक सञ्जालमा आक्रोस पोखेका छन् । गैरेले विपत्तिमा परेका मजदुरको तत्कालै समाधान खोज्न समेत अनुरोध गरे ।