नगपालिकाले आफ्ना कृषि उपज किनिदिएपछि वालिङका कृषक उत्साहित

प्रकाशित मिति:

स्याङ्जा -कृषकले उत्पादन गरेका कृषिउपजनगरपालिकाले नै खरिद गरिदिएपछिवालिङका कृषकहरु उत्साहितभएकाछन् । देशमालकडाउनभईरहेको बेला कृषकले उत्पादन गरेका सामाग्रीहरु बजार सम्मपुग्न सकेकाथिएनन् जसकाकारण कृषकहरु चिन्तितबनेकाथिए । वालिङ नगरपालिकावडानम्वर ६ का कृषक लोक बहादुर गुुरुङले भन्नुभयो, “मैले दुःख गरी लगाएको तरकारी नविक्ने भो भन्दै चिन्तामानेको थिए तर नगरपालिकाले नै सवै तरकारी खरिद गरिदिएपछिहर्षित भएको छु ।” वडानम्वर १४ काअर्का कृषक कमलापतीडुम्रेको पनिखसीको सिमा छैन । उहाँले भन्नुभयो, “सहजहुँदा त हामीआफै बेचेकै छौ नी, सरकार चाहिने भनेको नै यस्तै समस्यापर्दा हो । वालिङले कृषक प्रति देखाएको सदासयतानिक्कै उदाहरणीय छ उहाँले थप्नुभयो ।”

१४ वटै वडाका कृषकहरुले उत्पादन गरेका कृषिउपजलाई नगरपालिकाले नै खरिद गरी व्यवस्थापनगरिरहेको छ ।  गाउँगाउँकाउत्पादनबिक्रिनभई कृषक मारमा पर्ने अवस्थाआउननदिनउनीहरुको उत्पादननगरले नै खरिद गरी व्यवस्थापनगरिरहेकाछौं, नगरप्रमुखदिलिपप्रतापखाँणले भन्नुभयो, “कृषकहरुको मनोवलकमनहोस् भनेर हामीले यस्तो गरेकाहौं ।” नगरपालिकाले कृषि र पशु शाखाको नेतृत्वमा तरकारी लगायतकावस्तुहरु एकत्रितपार्ने काम गरीरहेको छ जसको लागिदियालो युएनडिपी नेपालले सहजीकरणगरिरहेको छ ।  तरकारीहरु राहत सामाग्रीसँगै मजदुर तथाअतिविपन्न परिवारहरुलाई उपलव्ध गराईएको नगरप्रमुखखाँणले बताउनु भयो । उहाँले भन्नुभयो, “गाउँगाउँमाकृषककाउत्पादनले बजार नपाउने तर विपन्न र मजदुरको लागि हरियो तरकारी अभावहुने अवस्थाआउनहामीदिदैनौं ।”
नगरपालिकाका कृषकले उत्पादन गरेका सामाग्रीलिनकालागि कृषिशाखाप्रमुख केश बहादुर थापा र पशु शाखाप्रमुख देवकुमारी श्रेष्ठ सहितको टोलीगाउँगाउँमा नै पुगेको छ । कृषिशाखाप्रमुखथापाकाअनुशार दुःखपर्दा नगरपालिका छ है भन्ने महशुस कृषकले गरेको अनुभव सुनाउनु भयो । खेतवारीमा नै उत्पादितवस्तु लिनआएको देख्दा कृषकलाई कामगर्ने जोश र जागर बढेको पशु शाखाप्रमुख देव कुमारी श्रेष्ठले बताउनु भयो ।

वडातहमाकार्यरत दियालो युएनडिपी नेपालका कृषिप्राविधिक स्वयंसेवकहरुले कृषिउपजको व्यवस्थापनकालागि सहजीकरणगरिरहेकाछन् । गाउँगाउँमा रहेका कृषकले उत्पादन गरेका सामाग्रीहरुको व्यवस्थापनकालागि सहजीकरणगरिरहेको दियालो युएनडिपी नेपालकाकार्यक्रमप्रमुख राधाकृष्णडुम्रेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“यस्तो अवस्थामापनि कृषकले उत्पादन गरेकावस्तुहरु नगरपालिकाले जिम्मालिएर व्यवस्थापनगरिदिनु निक्कै सह्रानिय छ ।”वालिङ नगरपालिका र युएडिपी नेपालको सहकार्यमा“सीपतालिम कृषितथाउद्यमविकासद्धारा आर्थिक सशक्तिकरण” परियोजनादियालो संस्थाद्धारा सञ्चालित रहेको छ जसकाकारणपछिल्लो समय वालिङमा कृषितथापशुजन्यउत्पादनबढ्दो क्रममा रहेको छ ।