नेपालमा एकैदिन १४ कोरोना संक्रमित थपिए

प्रकाशित मिति:

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस कोभिड १९ का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । उदयपुरका १२ संक्रमित सबै पुरूष हुन् । उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका छन् ।यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।