कोरोनाको लक्षण त १४ देखी २१ दिनमा देखिन्छ तर भोकको लक्ष्यण बिहान साझ नै देखिन्छ

प्रकाशित मिति:

प्रकाश गौतम
बैशाख ६, गुल्मी ।

विश्व अहिले कोरोनामय भएको छ । त्यसबाट नेपाल पनि अछुतो छैन । विश्वमा कोरोना सङ्क्रमीत र कोरोनाकै कारण ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको अवस्थामा विश्व समुदायले एउटा अचुक उपायको रुपमा लकडाउन लाइ लिएको पाइन्छ । कुनै पनि खोप र औषधी पत्ता नलागेको अवस्थामा प्राकृतिक उपायको रुपमा सामाजिक दुरी कायम खाख्नु हो । त्यसको लागि लकडाउन नै अनिवार्य र अन्तिम विकल्प हो । लकडाउन कहिलेसम्म भन्ने प्रश्नको जवाफ नदेखिदा र यो लकडाउन कहिले अन्त्य हुन्छ भन्ने ग्यारेन्टी नहुदा दैनि जनजिवनमा गहिरो प्रभाव परेको छ । रासन पानी सकिएको छ । पसल बजार बन्द छन । सडकमा निस्कने अवस्था छैन । दैनिकी चलाउन र साझ बिहान छाक टार्न गरिब र न्युन आय भएका जनतालाइ गाह्रो छ । यसबाट सबैभन्दा बढि पिडित त सहरमा बस्ने मजदुर बर्ग र गाउँबाट अध्ययनका लागी सहर पुगेका बिद्यार्थी बर्ग छन । घरबाट टाढा रहेका र दिनभर मजदुरी गरेर गुजारा चलाउने बर्गको दैनिकि निकै कष्टकर र दयनीय बन्दै गएको छ । यसरी शहरी क्षेत्रमा बस्ने मजदुर बर्ग दैनिकी चलाउन हम्मे परेपछि अन्तिम अस्त्रको रुपमा पैदलै हिडेर भएपनी घर जाने अन्तिम बिकल्प अघी सार्न बाध्य भएका छन ।

अवस्था निकै जटिल छ उनिहरुको दैनिकरुपमा हुने काम बन्द छ । काम नहुदाँ आम्दानीको स्रोत गुमेको छ । खानेकुरा किन्ने पैसा छैन । अहिले केहि मजदुर वर्ग यस्तो परिस्थितिमा छन कि जस्ले सयौँ किलोमिटर हिडेरै भएनि घर जाने नियर्ण गर्न बाध्य छन । अहिले समाजीक सञ्जालमा पैदल यात्रा गर्दै काठमाडौबाट इलाम झापा होस वा कैलाली कञ्चनपुर हिडेका मानिसहरुका तस्वीर छरपस्टै देख्न पाइन्छ । सायद राज्यले यो कुरा यो कुरा बुझ््नु पर्दछकी उनीहरु रहरले यात्रा गरिरहेका छैनन । यस्तो अफठ्यारो परिस्थितिमा रहरले यात्रा गर्ने सायदै छैनन होला कारण बाध्यता नै होला ।

बाध्यता यस्तो छकी सडकमा निस्कौ रोगले मरिएला भन्ने डर कोठामै बसौ भोकल मरिएला भन्ने डर । दुवै डरको बिचमा मान्छेले दुवै डरलाइ एकैसाथ लिएको पाइन्छ । अन्तिममा कोरोनाको लक्ष्यण देखिन १४ देखी २१ दिन लाग्छ तर भोकको लक्ष्यण बिहान खायौ साझ देखिन्छ साझ खायौ बिहान देखिन्छ । त्यसैले छिटो देखिने लक्ष्यणको समाधान गर्न वा भोकले मरिन्छकी भन्ने डरले मानिस हिडेरै घर जान तयार भएको बुझ्न सकिन्छ ।

अर्को कुरा घर भनेको यस्तो चिज हो जहाँ पुगेपछि मान्छेले सुरक्षित भएको महसुस गर्दछ । मनोवैज्ञानिक रुपमै मानिस घर पुगेपछि आरामको महसुस गर्दछ । साच्ची भन्ने हो भने त मनोवैज्ञानीक रुपमा भएको आधा रोग त घर पुगेपछि निको हुन्छ । त्यसैले मानिस अप्ठ्यारो परिस्थितिमा पनि पैदलै हिडेर भएपनि घर जान चाहानु स्वभाविकै हो । त्यो वर्गको पिडा हामीले बुझेकै छैनो । लकडाउनमा घरमा मिठो मिठो परिकार पकाएर खाने र फेसबुकमा पोस्टाउदाको मज्जा हामीलाइ जति लाग्छ । त्यति मज्जा उनिहरुलाइ घर पुगे मात्रै पनि लाग्छ । उनिहरु यस्तो अवस्थामा मरेपनि परिवार सगँै मर्न चाहिरहेका छन । रोग छ छैन चेक गरौ उचित व्यवस्थापन गरौ गलत गर्नेलाइ कारबाही गरौ तर मान्छेको परिवार सगँ बस्ने चाहाना भताभुङ्ग नपारौ यो उनिहरुको अधिकार पनि हो । अर्को कुरा कठिन परिस्थितिमा परिवार सगैँ हुन पाउने कुरा प्राकृतिक न्यायको सिद्धान्त सगँ पनि सम्बन्धित छ उनिहरुको बिचल्ली देखेर पनि नदेखे जस्तो गर्नु कानुन मान्ने मान्छ हो भने अपराध हो धर्म मान्ने मान्छे भए पाप त्यसैले उचित व्यवस्थापन गर्न जरुरी छ ।

सडकमा हिड्दै गरेका मानिसहरुको अनुहार र रुप फरक होला तर बेदना एउटै छ । इलाम जान हिडेका र कञ्चनपुर जान हिडेका मानिसहरुको बाटो र गन्तव्य फरक होला तर चाहाना एउटै छ अभिलाषा एउटै छ । हिजो निर्वाचनमा कुन वडाका कति जना मान्छे कहाँ छन भनेर लिएको तथ्याङ्कको लिस्ट प्रत्येक पार्टीका नेताको खल्तीमा छ । हिजो निर्वाचनमा गाडी रिर्जव गरेर लिन गएका नागरीक र मतदाता उनै हुन । उनिहरुलाइ चुनावमा जस्तो मासु खाना चाहिदैन मात्र बस रिर्जव गरेर घर पुर्यय हुन्छ । त्यसैले आफ्ना नागरीक कहाँ र कस्तो अवस्थामा छन भन्ने कुरा बैलैमाथि ख्याल गर्न र मनन गर्न जरुरी छ हैन भने ठुलो सख्यामा मानिस लकडाउनको प्रवाह नगरी बिद्रोह गरेर घर जान खोज्नेछन त्यतिबेला निर्णय गर्न ढिला भइसकेको हुनेछ जतिबेला उनिहरुलाइ भोकले जितिसकेको हुनेछ । उनिहरुलाइ गाउँम ल्याएर त्यसै राख्ने भनेको हैन उनिहरुलाइ उत्पादनका कार्यमा लगाउन सकिन्छ । सङ्का लागेमा क्वारेन्टाइनमा राख्न सकिन्छ ।

अन्तमा अहिले तीन तहका सरकार सञ्चालनमा छन । सबै काम केन्द्र सरकारकै मुख ताकेर बस्नु पर्छ भन्ने छैन जसरी अहिले स्थानीय सरकारहरुले हाइहाइ कमाइरहेका छन । स्थानीय सरकारले गरेको कामहरु प्रसम्सनीय छन त्यसमा अर्को एउटा प्रसम्सनीय काम थपौ हरेक वडाको डाटा सङ्कलन गरौँ प्रत्येक वडाबाट कति नागरीक कहाँ छन हिसाब गरौँ उनिहरुलाइ घर फर्कने वातावरण श्रृजना गरौ पालीकाहरुबाटै पहल गरौँ ति नागरिकहरुलाइ कसरी व्यवस्थापन गर्न सकिन्छ मापदण्ड बनाउ उनिहरुलाइ उद्धार गरौ सक्ने सगँ यातायातको शुल्क उठाउँ नसक्नेलाइ निशुल्क गरौँ उनिहरुले सम्झने छन सधैभरी र राज्यप्रति आभारी हुदै नेपालको नागरीक हुन पाएकोमा गर्व गर्नेछन ।

#प्रकाश गौतम गुल्मीको धुर्कोट गाउँपालिकाका लेखा अधिकृत हुन ।