आज हावाहुरीसहित वर्षा हुने पूर्वानुमान

प्रकाशित मिति:

काठमाडौँ / स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा असिना र हावाहुरीसहित वर्षाको संभावना छ ।अहिले पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र मध्य भू–भागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

आजै राति पूर्वी र मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।यसअघि शुक्रबार पनि मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको थियो ।