ट्रम्पको आईफोनबाट विवरणहरु चुहावट

प्रकाशित मिति:

काठमाडौं। न्युयोर्क टाइम्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आईफोनबाट विवरणहरु चुहिएको बताएको छ। ट्रम्पले आफ्ना पुराना साथीसँग कुरा गर्दा चिनियाँ र रुसी गुप्तचरहरुले उनको कुरा सुनेको न्युयोर्क टाइम्समा उल्लेख गरेको छ। सो पत्रिकाले यसअघि पनि ट्रम्पका सहयोगीहरुले उनलाई आईफोन सुरक्षित नरहेको भन्दै फेर्नका लागि सुझाएका थिए तर ट्रम्पले भने नफेरेको बताएको छ। विवरणमा धेरैजसो ट्रम्पको फोन चिनियाँ गुप्तचरले सुन्ने गरेको उल्लेख गरिएको छ।

यसको जवाफमा चीनले भने ट्रम्पलाई हुवावेको स्मार्टफोन प्रयोग गर्नका लागि सुझाव दिएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्यिङले आईफोनबाट विवरणहरु चोरी भएको खण्डमा हुवावेका स्मार्टफोन प्रयोगका लागि सुझाव दिएकी छिन्। भन्ने समाचार सो पत्रिकाले छापेको छ।

समाचारको खण्डन गर्दै चुन्यिङले न्युयोर्क टाइम्सले गलत समाचार दिने गरेको बताइन्। उनले यदि आईफोनबाट विवरणहरु चुहावट भएको खण्डमा हुवावे प्रयोग गर्न सुझाएकी हुन्। साथै उनले कुनै पनि आधुनिक उपकरणहरु प्रयोग नगरी विदेशीसँगको सबै किसिमको सम्बन्ध रद्द गर्ने विकल्प पनि अमेरिकासँग रहेको बताइन्।

यसअघि ट्रम्पले पनि न्युयोर्क टाइम्सको समाचारमा सत्यता नरहेको बताएका थिए। सुरक्षाको जोखिम रहेको भन्दै अमेरिकाले आगामी नाभेम्बरमा हुन गइरहेको निर्वाचनका उम्मेदवारहरुलाई हुवावे वा अन्य चिनियाँ स्मार्टफोन प्रयोग नगर्नका लागि निर्देशन दिएको छ।