पश्चिम नवलपरासीमा लकडाउनको पूर्णपालना, घरमै बसेर कोरोना बिरुद्धको युद्धमा जितौ : प्रशासन

प्रकाशित मिति:

बुटवल बैशाख ६ । प्रदेश नम्बर ५ को पुर्बीनाकामा रहेको नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) जिल्लामा लकडाउनको अवस्था पूर्णतया पालना गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय परासीले लकडाउन पालना गर्ने जिल्ला बासीहरुलाई यो भयाबहको स्थितिमा घरमै बसेर सहयोग गर्न आग्रह समेत गरेको छ । प्रशासकीय अधिकृत सागर गौतमले अत्यावश्यक काममा बाहेक अन्य कामले बाहिर ननिस्कन सबैलाइ आग्रह गर्दै आफ्नै स्वास्थ्यका लागि आफै सचेत हुनुपर्ने र घरमै बसेर सबैलाई सहयोग हुने बताउनुभएको छ ।

लकडाउनलाई पूर्णरुपमा पालना गराउन जिल्ला प्रशासन कार्यालय परासीले कडाई गरेको छ । लकडाउनको उल्लंघन हुन नदिन सुरक्षाकर्मीको सक्रियाता समेत बढाइएको छ । जिल्ला भित्रीने र बाहिरिने नाका तथा बजारको चोकहरुमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीयलाई घर बाहिर निस्कन रोक लगाइएको छ । अत्यावश्यक र अनुमति लिएका बाहेकका सवारीलाई पनि सडकमा गुड्न प्रतिबन्ध लगाइएको छ । अस्पताल, औषधी पसल, एम्बुलेन्स, शब बाहन, इन्धन र दूरसञ्चार बाहेकका सेवा बन्द गरिएको छ ।

तर अत्यवश्यक खाद्यन्न, दूध, तरकारी, खाना पकाउने ग्याँस, फलफुल लगायतका खाद्य सामग्री खरिदको लागि प्रसासनले तोकेको समयमा बाहेक अन्य समयमा स्थानीयलाई घर बाहिर निस्किन प्रतिबन्ध लगाएको हो । अनावश्यक हिड्ने सवारी साधन र यात्रुलाई प्रहरीले रोकेर जहाँबाट आएको त्यतै फर्काइदिने गरेको छ । जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउनेलाई स्थानीय प्रसासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० (संशोधन सहित) दफा २ बमोजीम कारबाही गर्ने पनि जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरेर चेतावनी समेत दिएको छ । परासी जिल्लामा लकडाउनको पूर्ण पालना भएको प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभएको छ ।