नवलपरासीमा मदिर सहित तिन जना पक्राउ

प्रकाशित मिति:

रबिन्द्र यादव – नवलपरासी पश्चिम ,नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका (१२ भटौलियाका स्थानियले साइकलमा लोड गरि ल्याउदै गरेको १५ पेटी अर्थात ४ सय पचास पिस मदिरा पक्राउ गरि प्रहरीलाई बुझाएका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका वडा नं ६ बस्ने २१ बर्षिय सत्य प्रकाश मौर्या, सोही ठाउँ बस्ने बर्ष २९ का पन्ना गौड र बर्ष १६ का दशरथ गुप्ता रहेका छन् । लकडाउनको मौका छोपी लुकीछिपी बर्दघाट बाट मदिरा ल्याएको प्रहरीले बताएको छ । अहिले तिनै जनालाई इलाका प्रहरी कार्यालय बर्दघाटमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बिरेन्द्र थापाले बताए । अहिले उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसंधान भइरहेको थापाले जानकारी दिए । स्थानीयले प्रहरीको मिलोमतोमा मदिरा ओसारपसार भएको दाबी गरेका छन् । स्थानीयले बर्दघाटबाट मदिरा आउदा पनि प्रहरी बेखबर भएको आरोप लगाएका छन् ।