ट्रक यातयात व्यवसायीको पेशा संकटग्रस्त ,व्याज र सवारी कर मिनाहा गर्न माग

प्रकाशित मिति:

यमलाल भुसाल  बुटवल ६ बैशाख  विश्वभर महामारीका रुपमा फैलिरहेकोे कोरोनाको संक्रमणले नेपालको सामान ढुवानीमा महत्वपुर्ण भुमिका निर्वाह गदै आएका ट्रक यातयात व्यवसायीको पेशा संकटग्रस्त भएकोले लकडाउन अवधीको बैंक तथा वित्तिय संस्थाको ऋणको व्याज र सवारी कर मिनाहा गर्न व्यवसायी संस्थाले माग गरेका छन ।  नेपाल ट्रक यातयात व्यवसायी महासंघ प्रदेश ५ ले शनिवार एक विज्ञप्ति जारीगरि ट्रक व्यवसायीको पेशा लकडाउनका कारण धराशायी भएको र बैंक तथा वित्तिय संस्थावाट लिएको ऋणको व्याज तिर्न कठिनायी भएको ठहर गरेको छ ।  त्यस्तै ढुवानीका साधन संचालन हुन नपाउदाँ व्यवसायीले गरेको लगानीको प्रतिफल प्राप्त नहुने भएकाले लकडाउन अवधीको सवारी कर मिनाहा गर्न सरकारसंग माग गरिएको छ ।

त्यसैगरि लकडाउन अवधीको ट्रक यातयात व्यवसायीले बैंक तथा वित्तिय संस्थामा सवारी साधन राखेर लिएकोे ऋणको व्याज पनि मिनाहा गर्न नेपाल ट्रक यातयात व्यवसायी महासंघ प्रदेश ५ का संयोजक यम प्रसाद पाण्डेद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । संयोजक पाण्डेद्धारा जारी विज्ञप्तिमा वर्तमान असहज परिस्थितीलाई मध्यनजर गरि ट्रक व्यवसायीलाई राहत प्रदान गर्न सरकारसंग माग गर्नु भएको छ ।लकडाउनका कारण ढुवानीका साधन संचालन हुन नसक्दा आम्दानीको स्रोत्त बन्द भएकाले व्यवसायीले लिएको ऋणको व्याज तिर्न समस्या भएको भन्दै सामाजिक उत्तरदाईत्व अन्तर्गत ट्रक यातयात व्यवसायीलाई राहत स्वरुप व्याज र सवारी कर मिनाहा गरि सहयोग गर्न सरकारसंग संयोजक पाण्डेले माग गर्नु भएको छ । त्यस्तैै महासंघका सल्लाहकार तथा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जित बहादुर भाटले लकडाउनको अवधी लम्बिदै गएमा हरेक ४ महिनामा वझाउनु पर्ने रुट परमिट र ६ महिनामा बुझाउने जाँचपास शुल्क पनि मिनाहा गर्नु पर्ने बताउनु भयो ।

नेपाल ट्रक यातयात व्यवसायी महासंघ प्रदेश ५ अन्तर्गत पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल र लुम्बिनीे ट्रक व्यवसायी समिति रुपन्देही ,साना मझौला यातयात व्यवसायी समिति बुटवल, वाणगंगा यातयात प्रालि कपिलवस्तु , सम्युक्त राप्ती यातयात व्यवसायी समिति दाङ र भेरी यातयात व्यवसायी समिति नेपालगञ्ज आवद्ध रहेका छन । यी ६ वटा संस्थामा गरि ६ हजार ५ सय सवारी साधन संचालनमा रहेका छन । जस अन्तर्गत पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा २ हजार ५ सय, लुम्बिनीे ट्रक व्यवसायी समितिमा १ हजार ५ सय ,साना मझौला यातयात व्यवसायी समितिमा ५ सय, वाणगंगा यातयात प्रालिमा १ हजार , सम्युक्त राप्ती यातयात व्यवसायी समिति दाङमा र भेरी यातयात व्यवसायी समिति नेपालगञ्ज आवद्ध रहेका छन । ति सवारी साधन संचालन गर्नका लागि १६ अर्ब २५ करोड बैक तथा वित्तिय संस्थावाट ऋण लिएको पनि महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।