रामपुर नगरपालिकाले खाद्यान्न र तरकारीमा आत्मनिर्भर हुन कृषकलाई अनुदान दिने 

प्रकाशित मिति:

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले खाद्यान्न र तरकारीमा आत्मनिर्भर हुन कृषकलाई अनुदान दिने भएको छ। कोरोना भाइरसको संक्रमणका कारण नेपालमा उत्पन्न हुन सक्ने खाद्य संकटको समस्यालाई मध्यनजर गर्दै वर्षौँदेखि बाँझिएको जमिनलाई सदुपयोग गरेर खेती गर्ने किसानलाई नगरपालिकाले अनुदान दिने भएको हो।नगरपालिकाको कृषि शाखाको आज ९शनिबार० बसेको बैठकले कृषकलाई प्रतिरोपनी ३ हजारदेखि ५ हजार सम्म अनुदान दिने निर्णय गरेको मेयर रमणबहादुर थापाले जानकारी दिनुभयो।

नगरपालिकालाई खाद्यान्न र तरकारीमा आत्मनिर्भर बनाउन नगरभित्र रहेका खेतीयोग्य जमिनका जग्गाधनी वा लिजमा लिएर मकै खेती गर्ने व्यक्ति तथा समूहलाई प्रतिरोपनी ३ हजारका दरले र तरकारी खेती गर्न चाहनेलाई प्रतिरोपनी ५ हजारका दरले अनुदान दिइने मेयर थापाले बताउनुभयो।

उहाँका अनुसार इच्छुक कृषकले यही वैशाख ११ गतेभित्र सम्बन्धीत वडा कार्यालयमा लालपूर्जाको फोटोकपी सहित निवेदन पेश गर्नुपर्नेछ। साथै प्रत्येक वडामा कृषकहरुलाई प्राविधिक सहयोग गर्ने उद्देश्यले कृषि प्राविधिक जे।टि।ए नियुक्ति गरिएको छ ।