चीनमा रिलिज भएको बलिउड फिल्म ‘हिचकी’ले बाहुबली भन्दा बढी कमाई गर्न सफल

प्रकाशित मिति:

अघिल्लो हप्ता चीनमा रिलिज भएको बलिउड फिल्म ‘हिचकी’ले आश्चर्यजनक कमाई गरेको छ। १२ अक्टोबरदेखि चीनमा रिलिज भएको फिल्मले भारतमा सर्वाधिक कमाई गर्ने किर्तिमान बनाएको ‘बाहुबली’लाई पनि उछिनेको छ।

व्यापार विज्ञका अनुसार फिल्मले प्रदर्शनको दसौं दिन पार गर्दासम्म ८३ करोड भारतीय रुपैंया कमाई गरेको छ। ‘हिचकी’ले पहिलो हप्तामा ५४ करोड हाराहारी व्यापार गरेको विज्ञको अनुमान छ। फिल्म पहिलो हप्ता ३८ हजार पर्दामा रिलिज भएको थियो जुन दोस्रो हप्तामा घटेर १३ हजार आसपास पुगेको थियो। लागेका हलमा दर्शकको राम्रै उपस्थिति रहेकाले फिल्मले चीनबाट मात्र सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ।

व्यापार विज्ञका अनुसार ‘हिचकी’को यो कमाई ‘बाहुबली’को दोस्रो भागको भन्दा बढी हो।