सनैयाको लक डाउन क्षेत्रमा नेपालि समुदायको अवलोकन

प्रकाशित मिति:

कतार । कोरोना भाइरसका कारण बिगत एक महिना देखि लक डाउनमा रहेको कतारको सनैया औद्योगिक क्षेत्र १ देखि ३२० सम्म को अबस्थाका बारेमा पहिलो पटक बिभिन्न समुदाय मिडिया र प्रतिनिधिहरुले अबलोकन गरेका छन । कतार सरकारका गृह मन्त्रालयका अधिकारीहरु र सुरक्षा अधिकारीहरुको अगुवाइमा नेपालि प्रतिनिधिहरुले उक्त क्षेत्रको अबलोकन गरेका हुन् ।

अबलोकन भ्रमणका लागि नेपालि समुदायका तर्फबाट गैर आवसीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद कतारका महासचिब पदम गिरी उपाध्यक्ष कुमार खड्का तथा रास्ट्रिय मानब अधिकार समिति कतारका प्रतिनिधि प्रो रमजान अलि मियाको सहभागिता रहेको थियो  भ्रमणका क्रममा लक डाउनमा रहेका नेपालीहरुको स्वास्थ्य अबस्था, खान पिन , तलब लगायतका प्रत्यक्ष सरोकार राख्ने बिषयमा सोधपुछ गरिएको थियो अवलोकनमा उक्त क्षेत्रमा किनमेलका लागि ग्रोसरिहरु, खाना खाने रेस्टुरेन्ट, पैसा पठाउने रेमिटान्सहरु र मेडिकल सपहरु खुल्ला रहेको, सो स्थानका कम्पनिलाई आफ्ना कामदारहरुलाई तलब दिलाउनका लागि सरकारी लेभल बाटै विशेष पहल र लकडाउन क्षेत्र भित्रका मानिस सोही क्षेत्रमा सहज रुपमाआवत जावत गर्न पाएको पनि जानकारी पाइएको छ। दैनिक जसो सेनिटाइज गरि उक्त क्षेत्रलाई थप सुरक्षित रहेको सुनिस्चित गरी सरकारले बिस्तारै उक्त क्षेत्रलाइ खोल्ने तयारीमा रहेको समेत बताइएको छ करिब १२ किलोमिटर क्षेत्रमा रहेको उक्त एरियामा करिब १३००० टन भन्दा बढी फोहोर निकालिएको जानकारी सुरक्षा अधिकारीहरुले दिएको एनसीसी कतारका महासचिव पदम गिरी ले जानकारी दिनु भएको छ ।