राहत वितरण, रक्तदान , पैदल यात्रीहरूलाई खाना खुवाउदै मनायो नेविसंघले स्थापना दिवस

प्रकाशित मिति:

काठमाडौ । आज नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ५१औ स्थापना दिवस संघले बिभिन्न कार्यक्रम गरि मनाएको छ। कोरोना भाइरस को महाब्याधी फैलिएसंगै जनजीवन अत्यन्त असहज बनेको र लकडाउन जारी रहेकाले खुला रूपमा बृहत कार्यक्रम र भिडभाड गर्ने अवस्था नभएकाले संघले कोभिड १९ बिरूध्द कै अभियानमा सहभागी भएर स्थापना दिवस मनाउने नीति अन्तर्गत आज काठमाडौं उपत्यकामा केन्द्र र अन्य ठाउँहरूमा मातहतका समितिहरुले राहत सामग्री वितरण, रक्तदान कार्यक्रम, पैदल यात्रीहरूलाई खाना र अन्य सहयोग गरि मनाएको छ।

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले परिपत्र गरे अनुरूप देशभर नै स्थापना दिवसका अवसरमा गतिबिधिहरू सम्पन्न भए। जसमा डेरा गरि अध्ययनका लागि काठमाडौं उपत्यकाका सानो ठिमी क्याम्पस, कोटेश्वर क्याम्पस, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस लगायतका विद्यार्थीहरू र बिभिन्न ठाउँका ज्याला मजदुरी गर्ने श्रमिकहरूलाई खाद्य सामग्री वितरण गरिएको महामन्त्री बलदेव तिमल्सिनाले जानकारी गराए। विद्यार्थीहरू ठाउं ठाउंमा अत्यन्त कठिनाइका बावजुद दैनिकी धान्न बाध्य भइरहेको अबस्थामा अत्यावश्यक खाद्य सामग्रीले केही हदसम्म भए पनि सहज बनाउने र राहत हुने हुदां मर्कामा परेका विद्यार्थीहरूलाई आवश्यकता अनुसार अन्य ठाउंहरूमा पनि सामग्री वितरण गर्ने अभियानमा ने।वि।संघ रहेको महामन्त्री युवराज पाण्डेयले जानकारी गराए।

त्यसैगरि पूर्व निर्धारित कार्यक्रम अनुसार संघका संस्थापक केन्द्रीय अध्यक्ष देखि अहिलेसम्मका अध्यक्षहरू र वर्तमान केन्द्रीय समितिकाबिच ने।वि। संघ स्थापनाका पाच दशक, वर्तमान संकट र हाम्रो दायित्वु बिषयक गोष्ठी पनि अनलाईन बैठक मार्फत सम्पन्न गरेको छ। जसमा संघका संस्थापक अध्यक्ष बिपिन कोइराला, पूर्व अध्यक्षहरू शेर बहादुर देउवा, बिमलेन्द्र निधि लगायत अधिकांश पूर्व अध्यक्षहरु र वर्तमान कार्य समितिका सबै जसो पदाधिकारी सहभागी बने र सबैले आ आफ्नो बिचार ब्यक्त गरे। संघका केन्द्रीय अध्यक्ष राजिव ढुंगानाको सहजीकरणमा सम्पन्न बैठकमा संघका पूर्व अध्यक्ष एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रमुख अतिथि थिए। ई। दिपेश विष्टको प्राबिधिक सहयोगमा अत्यन्त सौहार्द र सहजतासाथ बैठक सम्पन्न भएको संघका महामन्त्री युवराज पाण्डेयले जानकारी दिएका छन् ।