उसलाई सोधे : धेरैको रेष्टुरेण्ट बन्द छ हाम्रो हुदैंन ?

प्रकाशित मिति:

पुनम गौतम । अघिल्लो दिन केही चाँडो नै सुतेकी थिए। मोवाइलमा जव घण्टी बज्यो, मस्त निद्रामै रहेछु। तैपनि उठ्नै पर्ने भएपछि किन सुतिरहनु भन्ने लागेर उठे।  अनि लागे काम तिर। जादैं गर्दा दैनिक जसो मेट्रो भित्र छिरे। तर “पास टच’ गर्न भने परेन। यत्तिकै भित्र छिरे। मेट्रोको ढोका त छिरे, तर कताकता मनमा अनेक किसिमका आशंका र भए सिर्जीत भए। कारण थियो नोभेल कोरोनाको त्रास। अन्य दिन भन्दा आज कता–कता मनमा धेरै नै डर लागिरहेको छ। विहीबार १९ मार्च २०२० को कूरो हो यो। मेट्रो अघिपछिको जस्तो सहज थिएन्। भित्र नियालेर हेर्दा मात्र एक जना देखे। अनि त्यो भन्दा केही टाढै बसेर गन्तव्यमा झरे। निस्केर रेष्टुरेण्ट तिर लागे। “अर्थात म काम गर्ने ठाँउ।” अन्य दिन भन्दा सुनसान कार्यथलोमा जम्मा तीन जना थियौं हामी। एक जना कस्टुमर आएका थिए। उनीसहित म र मेरो अर्को एक ब्राजिलियन कर्मचारी गरि संख्यामा मात्र तीन। कर्मथलो भएरै होला मेट्रोमा जस्तो डर भएन। हिजो जस्तै उत्साहका साथ काम गर्न थालियो। उसैगरि खाना बनाउने काटकुट यस्तै उस्तै। स्टाफको लागि पनि खाना तयार गरियो। सगैं गएर खाना खाने क्रममा, अमिगा केटी साथीको मोवाइलमा सेफले फोन गरे। उसले उठाई र कूरा गर्न थाली।

हामी आफ्नै शुरमा मोबाईल चलाएर नै बस्यौ। केहीछिन पछि आएर सेफले अघि भनेको कूरा सुनाई। ‘आजबाट टेक वे मात्र गर्ने, क्लाइन्डलाई भित्र ईन्ट्रि नगराउने’। सधैं जस्तो चटारो हुने काममा आज धेरै फूर्सद थियो। जति मोवाइलमा समय खर्च गरेपनि नबित्ने। घडी हेर्यो, मोबाईल चलायो बस्यो। काममा आए जस्तो नै लागेन त्यो दिन। पोर्तुगिस रेष्टुरेष्ट तर खाना जापनिज, ईन्डिएन। साथमा पोर्तुगिस त हुने नै भयो।अन्य दिनहरु जस्तो मिसन प्लास थिएन। त्यसैले हामी महिला कर्मचारी लाग्यौं, पिज्जा बनाउन। बनाउने र खाने गर्यौं।दुई जना एक अर्कामा गफिदैं थियौं।मलाई कहिले काम बन्द होला भन्ने चासो लाग्यो। अनि उही केटी साथीलाई सोधे, “धेरैको रेष्टुरेण्ट बन्द छ हाम्रो हुदैंनरु तिम्लाई केही थाहा छ  उसले जवाफ दिई। सरकारले बन्द गर्ने आदेश नदिएसम्म केही हुदैन्। बस्दाबस्दै ३ बजेछ। अर्को सिफ्टका कर्मचारी आउन थाले।हामी निस्कियौं। मेट्रो भित्र छिर्न लाग्दा कताकता डर लाग्यो। तर मन दरो बनाएर छिरे। अवस्था बिहानको जस्तै कतिबेला गन्तब्य आउला भन्ने नै भयो। करिव १५ मिनेटको मेट्रोको बाटो केही लामै लाग्यो। मोवाइल यसो हेरेको नेपालका साथीहरु देखें। एक मन लाग्यो। उनीहरु कति खुसी छन्। तर म‘‘ घर आए दिनचर्या उस्तै। राती करिव ११ बजेको छ। मोबाइलमा मेसेज आयो। ‘भोली रेष्टुरेण्ट बन्द छ, खुल्ने समय सेफले जानकारी गराएपछि मात्र थाहा हुन्छ।’ सधैंको झैं थकान।। रेष्टुरेण्ट बन्द भएसंगै मनका केही आनन्द पनि भयो। लगतै भोली पल्टै सरकारले हैल्थ ईमरजेन्सि घोषणा गर्यो।

काममा जाने कहिले हो कहिले कुनै अत्तोपत्तो छैन। थकान कता हरायो होस् नै भएन्। दिनहरु बित्यो, रात बित्यो। अझ खुल्ने छाटँकाट छैन्। सरकारले हैल्थ ईमरजेन्सि समयावधि बढाउदै लगेको छ। १३ अप्रिलसम्म पोर्तुगलमा करिव १७ हजारको हाराहारीमा संक्रमित रहेका छन् भने ५३५ जना कोरोनाको कारण मृत्यु वरण गर्न बाध्य भए। २७७ जना भने निको भएर घर फर्किएका छन्। घर बसाई पनि करिव एक महिना हुन लागिसक्यो। सामान्य समय भएको भए कहाँ यतिका समय घर बस्न पाईन्थ्यो ररु तर पाएकै भए पनि साथीभाई भेटघाट यत्तिकै समय जान्थ्यो। दिनहरु कटाउनै गाह्रो–गाह्रो हुन थाल्यो। फुर्सद नहुंदा त राती कामबाट आएर समाचार सुन्नुपर्ने बानी थियो आफ्नो। अहिले त झन् २४ सैं घण्टा समय खाली छ र पनि समाचार सुन्ने मन लाग्दैन्। तरपनि बाध्यताले अपडेट हुन्छु। विश्वभरीका अपडेट सुन्यो, बस्यो। जव–जव मृत्युको संख्या घटेको हुन्थ्यो तव–तव मनमा आनन्द, बढ्दो अवस्थामा भने त्यसै–त्यसै बिरक्त लाग्छ। रात दिउसो जस्तो दिउसो रात जस्तो हुन थालेको छ। यसरी नै क्रमशः बितिरहेका छन् लकडाउनका दिनहरु। सेल्फ क्वारेनटाईनमा भएको हुदाँ स्वास्थ्यमा ख्याल गरीराछु पनि। भाईरसका कारण राती ढिला सुत्ने बानी जो परेको छ। नेपाली मिडियाहरुको अपडेट त हुने नै भयो। किनकि त्यो मेरो प्राण भन्दा प्यारो जन्मभूमि हो। केही पुस्तक, आफन्त र साथीहरुसंग लुडो खेल्यो। यस्तै नै गरेर बित्दैछ् दिनहरु,रातहरु। फेरि पनि उही कूरो भन्छु, विदेश गएर बिर्सी भन्ने साथीहरु जीवनमा धेरै थोक भोगे। बाढी, पहिरो देखें। भुकम्प, बन्द हड्ताल भोगे। तर यो हैल्थ ईमरजेन्सिमा बन्द कोठाको चारदिवार वरिपरि कैद छु। ओहो कति उकुसमुकुस छ जिन्दगी। जता हेर्यो उतै उस्तै अवस्था। व्यक्तिबाट व्यक्तिमा सर्ने यस भाइरसबाट सुरक्षित रहन सकौं।अब यस्तो महामारी कहिल्यै भोग्न नपरोस्। केही दिन ढिलै भएपनि, नेपाली नयां वर्षको सबैमा शुभकामना।।।।।
पुनम गौतम  हालः पोर्चुगल, लिस्वन।