समस्या समाधान र सफलता लागि वरदान योग निद्रा

प्रकाशित मिति:

योगी पिताम्बर –मानिस विवेकशील स्वतन्त्र प्राणी भएको कारण मानिसको अन्र्तआत्माले जे ठान्छ , त्यो सत्य मान्छ । मानिसमा यही गुणको कारणनै अन्य प्राणीको तुलनामा सर्वश्रेष्ठ भएको हो तर तपाईको सोचाईको कारण अन्य कुरामा त असर पुगेको छैन ? तपाईको व्यक्तिगत स्वतन्त्रताको नाममा अन्यमा त कतै असर भएको छैन ? यो सोच्नु एक विवेकशील प्राणीको नाताले जरुरी हुन्छ । हा,े त्यही तपाईको सोचको कारण तपाईमा त्रास, अनिद्रा जस्ता समस्यामा आउँछन् । मानिसले आफुले चाहेको कुरा पुरा नहँुदा आउने समस्या हुन्, यी सबै ।

के तपाईले गर्नु भएको कार्यको कारणनै तपाईमा यो समस्या आएको हैन ? यो समस्या यदि तपाईमा छ भने पकै पनि यसको समाधान पनि तपाईंसगै छ । तपाई अति क्षमतावान हो; बुद्ध, जिसस, मोहम्मद, राम अनि रावण पनि पनि तपाई जस्तै मानिस हुन् । तपाई सँगै छ त्यो क्षमता तपाईले देखेको सफल मान्छे बन्ने, के बन्ने तपाईको हातमा छ । रोज्नुस तपाईको जीवन कस्तो वनाउने ? तपाई कस्तो बन्ने ? तर यी सबै हुन तब सम्भव छ , जब तपाईले तपाईलाई चिन्नु हुनेछ । पहिला तपाईले आफुलाई चिन्न जरुरी छ । तपाईमा भएका सबै समस्या सामाधान हुन जरुरी छ । तपाई मानसिक र शारीरक रुपमा उठ्न जरुरी छ । के तपाईमा भएका समस्याको सामाधान र तपाईले चाहे जस्तो जीवन चाहानु हुन्न ? पक्कै पनि चाहानु हुन्छ । हो, त्यो सबैको सामाधान मध्ये म आज तपाईलाई योग निद्राको बारेमा जानकारी गराउँदछु । भनिन्छ , सनातन ग्रन्थमा भगवानले सृष्टी यसै माध्यमको प्रयोग गरेर गर्नु भयो । मानिसले पनि यो माध्यमबाट चाहेको कुरा पाउन सम्भव छ , तर तपाई तयार हुनु पर्यो । सफलताका धेरै पुस्तक पढ्नु भयो होला । धेरै प्रवचन पनि सुन्नु भयो होला ।

तर तपाईले ति सबैबाट किन सफल हुनु भएन ? किन खुसी हुन सक्नु भएन ? यसको कारणनै तपाईले तपाईलाई हेर्नु भएन । तपाईमा भएको शक्तिको राज बुझ्नु भएन । धेरैले सुन्नुभएको कथा हुन सक्छ , शिव ध्यानमा बसेको समयमा तेस्रो आँखाले कामदेवलाईजलाएर भस्म बनाएको । हो, त्यो तेस्रो आँखाबाट जलेर खरानी भएको दोस्रो व्यक्ति र तेस्रो आँखाले वाहिर हेरेको भन्ने बुझाई गलत भयो । शिवको ध्यान अन्र्तमनको ध्यान हो । जलेर खरानी भएको व्यक्ति दोस्रो व्यक्ति नभएर स्वयम् आफुमा भएको खराब प्रवृत्ति हो । यस्तै भगवत् गीताको छैटां अध्यायको ५आं श्लोकमा हेरौं,

उद्धरेदात्मनाऽत्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः ।।
अर्थात मानिसले आफुद्धारा आफ्नो उद्धार गर्नु पर्दछ । आफ्नो आत्मालाई अधोगतिमा नपुर्याउनुहोस् किनकी यो जीवात्मा स्वयम् नै आफ्नो मित्र हो साथै शत्रु पनि हो । यस श्लोकबाट हामीले हाम्रो सफलतामा पनि आफ्नो हात हुन्छ र असफलतामा पनि आफ्नै हात हुन्छ भन्ने बुझ्छौं ।जसरी माथि शिवको कथा र भगवत् गीताको श्लोकको माध्यमबाट आफुमा भएको खराब प्रवृत्ति त्याग्न् संदेष पाउँछौ, तपाईमा भएको नराम्रो गुणलाई तपाईकै माध्यमबाट जलाउन सफल हुन्छ योग निद्राबाट । भगवत् गीतामा भनिए झैं तपाईसँग भएको शत्रुको त्याग गरेर, तपाईको सफलताको राज थाहा हुन सक्छ र तपाईको यात्रा स्वर्गीक मार्ग बन्न सक्छ । तपाई बुद्ध, जिसस, मोहम्मद अनि राम बन्न सक्नुहुन्छ । अब चर्चा गरौं तपाईंको समस्या समाधान र सफलताको राजको, जसले तपाईंको अहिलेको अवस्थाबाट वास्तवमै तपाईलाई उठाउने छ । मानवबाट महामानवको यात्रामा लानेछ ।

के हो योग निद्रा ?
योग निद्रा त्यस्तो साधना हो, जो साधनारत साधक निदाएको अवस्था तर चेत सहितको निद्रामा हुन्छ । योग निद्रा आध्यात्मिक निद्रा हो । निन्द्रा र जागृत बिचको अवस्था हो, जसले पूर्ण निद्राको स्फुर्ती शारिरीक र मानिसक दुवै रुपमा गराउँछ । शास्त्रमा माहादेव तथा देवहरु यसै बिधिको पालना गरेर सुतेको प्रसंग उल्लेख छ । त्यही अवस्थामा ईश्वरले संसारको रचना,पालन र संहार गरेको समेत बताईन्छ । त्यही योग निद्राको प्रयोगले साधनाबाट तपाई हामीमा भएको समस्याको समाधान मात्र हैन, सफलताको राज समेत प्राप्त गर्न सक्छौं ।त्यसको लागि तपाईमा बिस्वास र साधनाको उच्च संकल्प आवस्यकता रहन्छ । सनातन परम्पराका महान राजनीतिज्ञ मानिने चाणक्यको वाणी चाणक्यनीति ७आंै अध्यायको २१औं श्लोक यहाँ प्रस्तुत गर्न र हामीले मनन् गर्न आवस्यक छ

पुष्पे गन्धं तैल काष्टं बन्हिःपयो घृतम
इक्षौ गुडं तथा देहे पश्यात्मानं विवेकतः ।
अर्थात जसरी फुलमा गन्ध,तिलमा तेल,काठमा आगो,दुधमा ध्यु, उखुमा गुलियो हुन्छ , त्यस्तै मानव शरीरमा पनि आत्मालाई ध्यानले हेर । आफुमा भएको अथाह शक्तिको वास्तविक जानकारीको लागि आफैलाई नियालौं । यसै सन्दर्भमा विश्व विख्यात लेखक टोनि रबिन्सको बहुचर्चित पुस्तर्क अवेकन द जाइन्ट विदिन’ले पनि यो कुरा समर्थन गर्नुका साथै संसारका सफल व्यक्तिहरुले सफलताको राजनै आफुमा रहेको बताएको पाउन सक्छौं । त्यही आफुमा भएको सफलताको राज खोज्न तपाईलाई यस योग निद्राले सहयोग गर्नेछ । यहाँ यस साधना कसरी गर्ने बिषयमा सामान्य चर्चा मात्र गरीएको छ । यति मात्र गर्नु भयो भने पनि धरै समस्या सामाधान र सफतालको यात्रा तपाईको हुनेछ । तपाई यस विषयमा अझ बढी साधना गरेर सफल बन्नको लागि यसै बिषयका योग्य साधकको सहयोग लिन सक्नु हुनेछ । आँउनुस्, अब चर्चा गरौं साधना कसरी गर्ने भन्ने बिषयमा ।

योग निद्रा गर्ने गरीका- योग निद्राको साधना बिहानको समयमा पनि धेरै योग प्रशिाक्षकहरुले गराएको पाँउन सक्छौं तर यो साधनाको सबै भन्दा उपयुक्त समय बेलुकी सुत्नु भन्दा अगाडी मानिन्छ । उपयुक्त सुत्ने समय हाम्रा पुर्वीय शास्त्रकोे आधारमा बेलुकीे ८ बजेदेखी १० बजेको समय उपयुक्त मानेको पाउछांै । यो समयमा सुत्नुको पछाडिको कारण पनि आधुकि बिज्ञानले समर्थन गरेकोछ । तपाई सुत्ने कोठाको सबै तिरबाट हावा छिर्ने र तपाईको शिर पुर्व फर्कीनु आवस्यक हुन्छ । तपाईको साधना गर्ने स्थानमा वाहिरी आवाजको कारण ध्यान एकीकृत गर्न समस्या दिन्छ भने सुमधुर संगीतको प्रयोग गर्दा उपयुक्त हुन्छ । यो अवस्था पुरा भएपछि तलको नियमको पालना गर्नुस् । १. बिना शिरानी शवासनमा गोडा नजोडीकन शीरर हल्का पारेर, हात खुल्ला पारेर उत्तानो परी सुत्नुस् । सुत्दा ध्यान दिनुर्ने कुराहरु, तपाईले लगाएको कपडा एकदम खुल्ला हुन तथा कोठामा बाहीरी वातावरणले असर नहोस् ता की तपाईको साधना समय पुर्ण रुपमा केन्द्रित होस् । २.यसपछि तपाई यो साधनाको लागि पूर्ण तयारी अवस्थामा रहनु भयो, अब तपाईको मनमा अनेक प्रकारका बिचार आउछन् । यी बिचारलाई आउन नदिन तथा एकाग्रताको लागि तपाईले गुरुद्धारा प्राप्त गर्नुभएको मन्त्र र्या ऊँ’ उच्चारण गर्नुस् ताकी तपाईको मनमा आउने बिचार बिस्तारै कम हुदै जानुको साथै साधना प्रभावकारी हुन्छ । मन्त्र जप गर्दा आफ्नो स्वासमा केन्द्रीत हुनुहोस् । ३. अब मनमा आउने अनेक प्रकारका विचारहरु स्वतः आउन कम हुन्छन् । त्यसपछि तपाईको खुट््टाको बुढी औंलामादेखी क्रमसः शरीरको सबै अंगमा दिमाग केन्द्रित गरेर सम्झनुस् त्यो अंग एकदमै हल्का भयो । एवम् प्रकार शरीरका सम्पूर्ण अंगमा ध्यान केन्द्रित गर्नुस् ।

४. शरीरका सम्पूर्ण अंगमा ध्यान केन्द्रितपछि तपाईले अवचेतन मनलाई आदेश दिनुस् , म यो समयसम्म ध्यानमा हुनेछु । त्यसपछि तपाईको चाहना अर्थात तपाईको सफलता प्राप्त गर्नुभएको क्षणको कल्पना गर्दै तपाईले चाहेको समय अवधिसम्म रहनु्होस् ।५. सबै प्रकृया सकेर तपाई बिस्तारै उठेर बस्नुस् । कृतज्ञता व्यक्त गर्नुस प्रकृतिमा, तपाई रमाउन पाँउनु भएको छ ; कृतज्ञता ब्यक्त गर्नुस् आफ्नो जन्म दिने मातापितालाई जसले तपाईलाई यो संसार देखाउनु भएकोछ ; कृतज्ञता गर्नुस् गुरुलाई जसले तपाईको अज्ञानताको अन्धकारलाई ज्ञानरुपी ज्योतिले तपाईको जीवनमानै स्वर्गीक आनन्द देख्न चाहानु भएकोछ । यति भन्दै सबैको कल्याणको कामना गर्नुस् । जसरी शिवको तेस्रो आँखाको माध्यमबाट कामदेव भष्म भए, त्यसरी तपाईको केही समयपछिको साधनापछि तपाईमा भएको नकरात्मक शक्तिपनि स्वतः भस्म हुनुको साथै तपाईको सफलताको यात्रा तय हुनेछ । तपाईको यो साधनाले अनिद्र, डिप्रेसन तथा तपाईमा भएको नकारात्मक बानीबाट छुट्करा पाउनुको साथै तपाईमा स्मरण शक्ति बड्ने तथा सकरात्मक कारणले तपाईको जीवनमा नयाँ उर्जा दिनेछ । तपाईको शक्ति तपाईले नै पत्ता लगाई सफल ब्यक्तिको सुचीमा सुचिकृत गर्नु हुनेछ । आशा छ, तपाईको यात्रा असफलताबाट सफलतातर्फ हुनेछ । तपाई सफल भएर परिवार, समाज, देश हुँदै संसारका मानिसलाई सफल बनाई स्वर्ग वनाउने यो यात्रामा आफ्नो नाम स्वर्णिम अक्षरले लेख्नु हुनेछ ।
जय कर्म योग
लेखक कर्म योग पिठ नेपालको संस्थापक तथा यसबाट संचालन हुने अभियानको मुख्य अभियान्ता हुन् ।