रिपोर्टरको डायरी : बाबुरामको मृत्युदेखि सडकमा आँसु

प्रकाशित मिति:

सन्जु पौडेल – कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनिसकेको थियो । मुलुकमा त्यसको प्रभाव फागुन अन्तिम साताबाट देखिन थाल्यो । प्रदेश ५ को राजधानी बुटवलमा व्यस्त सडक र भीड कम हुन थाल्यो । भेटघाटमा हात मिलाउनुको साटो नमस्कार गर्ने परिपाटी बस्यो । गोजीमा सेनेटाइजर बोकेर कामकाजी हिँडिरहेका थिएँ। त्यही बेलादेखि कोरोना भाइरस संक्रमणको त्रास, यसबाट जोगिन सर्वसाधारणले अपनाइरहेको सावधानीबारे लेख्न सुरु गरेकी थिएँ। सुरुमा सहरमा मास्क, सेनेटाइजरमा भएको कालोबजारी र सर्वसाधारणमा देखिएको त्रासमा केन्द्रित थिएँ। कोभिड–१९ को संक्रमण रोक्न भइरहेका प्रयास र जोखिमबारे विभिन्न निकायसँग गफ गर्दै आएँ। चैत पहिलो साता सबैतिर सावधानी सुरु भयो। हामीले सावधानी अपनाएर काम गर्न थाल्यौं। सरकारले चैत ११ बाट लकडाउन घोषणा गर्नुअघि नै बुटवल र भैरहवाका सहरी क्षेत्रकाबजार सुनसान भइसकेका थिए। गाडी पातलिएका थिए। फिल्डमा गएर काम गर्न जोखिम थियो। गोजीमा सेनेटाइजर बोकेर कामकाजी हिँडिरहेका थिएँ। त्यही बेलादेखि कोरोना भाइरस संक्रमणको त्रास, यसबाट जोगिन सर्वसाधारणले अपनाइरहेको सावधानीबारे लेख्न सुरु गरेकी थिएँ। सुरुमा सहरमा मास्क, सेनेटाइजरमा भएको कालोबजारी र सर्वसाधारणमा देखिएको त्रासमा केन्द्रित थिएँ। कोभिड–१९ को संक्रमण रोक्न भइरहेका प्रयास र जोखिमबारे विभिन्न निकायसँग गफ गर्दै आएँ। चैत पहिलो साता सबैतिर सावधानी सुरु भयो। हामीले सावधानी अपनाएर काम गर्न थाल्यौं।

सरकारले चैत ११ बाट लकडाउन घोषणा गर्नुअघि नै बुटवल र भैरहवाका सहरी क्षेत्रकाबजार सुनसान भइसकेका थिए। गाडी पातलिएका थिए। फिल्डमा गएर काम गर्न जोखिम थियो। त्यसपछि मेरो ध्यान कोरोनाले असर गर्न सक्ने उद्योग, कृषि, व्यापार, सरकारी कार्यालयमा थियो। लकडाउनपछि जनजीवन ठप्प भयो। तर भारतबाट स्वदेश फर्किनेको चाप रूपन्देहीको बेलहिया नाकामा थियो। चैत दोस्रो सातासम्म सीमाबाट आइरहेका नेपाली र तिनको पीडामा केन्द्रित थियौं। स्थानीय र प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका गतिविधि सुरु गरिसकेका थिए। बुटवलको बन्द धागो कारखानामा कोरोना विशेष अस्पताल बनाइएको थियो। तर त्यहाँ आईसीयू र भेन्टिलेटर जडान गरिएको थिएन। अस्पताल बनाउने कुरालाई निकै प्रचार गरियो। तर त्यसमा आवश्यक उपकरण जडानमा ढिलाइ गरियो। लकडाउनको पहिलो साता त्यही अस्पतालमा दुर्घटना भयो।

चैत ६ मा दुबईबाट नेपाल फर्किएर घर आएपछि बिरामी परेका पाल्पाको रिब्दीकोटका बाबुराम थापा उपचारका लागि ल्याइए। कोरोना अस्पतालमा चैत १६ मा उनको मृत्यु भयो। ज्वरो आएपछि चैत १३ मा लुम्बिनी प्रादेशिक अस्पतालमा जँचाउन आएका उनलाई कोरोना संक्रमणको आशंकामा धागो कारखानामा भर्ना गरिएको थियो। कोरोना संक्रमण भएरनभएको पुष्टि नहुँदै उनको मृत्यु भयो। त्यसको एक दिनपछि आएको थ्रोट स्वाब परीक्षण नतिजामा बाबुरामलाई कोरोना संक्रमण नभएको देखियो। थापाको मृत्युपछि उनकी पत्नी रीता, रिब्दीकोटका आफन्त र स्थानीय स्वास्थ्यकर्मीसित निरन्तर कुराकानी गरेर रिपोर्टिङ गरें। समाचारले ध्यान खिच्यो। तर सरकारी पक्षले बाबुरामको शव उठाउन पहल गरेन। मृत्युको १० दिनसम्म थापाको शव लुम्बिनी अस्पतालको शवगृहमा रह्यो। त्यसपछि फलोअप समाचार लेखिरहें। मृतक बाबुराम थापा। १० दिनसम्म बेवारिसे बनेको शव एघारौं दिनमा उठाइयो। समाचारमा निरन्तर दबाबका कारणसैनामैना नगरपालिकाले रीतालाई योग्यताअनुसारको जागिर, सामाजिक विकास मन्त्रालयले बाबुरामका दुई छोराको अध्ययनमा सघाउने र ८ लाख रुपैयाँको कोष बनाउने सहमति भएको छ। ११ औं दिनमा कोरोना संक्रमितकै हैसियतमा बाबुरामको अन्तिम संस्कार गरियो। सीमा नाका सिल गरिएका थिए। तर नाकामा आउनेको पीडामा कमी आएको थिएन। यस्तैमा बेलहिया नाकामा अलपत्र सुत्केरीको पीडाबारे समाचार सार्वजनिक भए। रूपन्देहीको तिलोत्तमाकी लक्ष्मी परियार भारतमा लकडाउन भएपछि घर फर्किएकी थिइन्। एक महिना पूरा नभएकी सुत्केरीको दिल्लीदेखि बेलहिया नाकासम्म आउँदाको पीडाबारे कुराकानी गरें। लक्ष्मी र शिशु, उनका पति, दुई छोरीको उद्धार गरियो। त्यसपछि क्वारेन्टाइनमै भए पनि सुत्केरीले स्याहार पाइन्। लकडाउनको अवधिमा आउने जटिलताबारे सोचिएन।

सरकारले घरभित्रै बस्न भनेपछि पछिल्ला दुई साता धेरै मानिस सडकमा देखिएनन्। सहरी र पहाडी क्षेत्रमा निर्माणका काम गर्ने मजदुरले दुई साता आफू रहेको ठाउँमै थेगे। तेस्रो पटक लकडाउनको समयअवधि थपिएपछि उनीहरू बेखर्ची हुन थाले। डेरामा बस्दा स्थानीयको थिचोमिचो। कोठामा खाद्यान्न अभाव। धैर्यको बाँध टुटेपछि यस्ता निर्माण मजदुरको ताँती पूर्व–पश्चिम राजमार्गमा देखिन थाल्यो। एक साताअघिसम्म फाट्टफुट्ट समूह देखिन्थे। एक सातायता राजमार्गमा प्लास्टिकका बोरा र जेब्रा झोला बोकेका मानिसको धुइरो लाग्न थालेको छ। धेरैका खुट्टामा जुत्ता छैनन्। तातो सडकमा चप्पल फट्कार्दै आँसु चुहाउँदै हिँडेको देखेर मन थाम्न गाह्रो भयो। अफिसबाट जोखिममा सचेत भएर काम गर्न सुझाव आइरहेको थियो। फिल्डमा नजान परिवारको दबाब छ। जसरी हुन्छ, सडकमा भौतारिँदै यात्रा गरिरहेका मजदुरका मर्का बुझ्न थालें। फिल्डमा नगई लेख्न मनले मान्थेन। लकडाउनपछि फोनबाट सम्पर्क गरेर सूचना बटुल्न थालें। सामाजिक सञ्जाल पनि सूचनाका स्रोत थिए। मिलेसम्म सडकमा अलपत्र व्यक्ति भेट्ने, नमिले विभिन्न माध्यमबाट उनीहरूको फोन नम्बर खोजेर कुराकानी गर्न थालें। विभिन्न जिल्लामा रहेका मनकारीले यस्ता अलपत्रलाई खाना खुवाएको, उनीहरूले दुःख पाएको खबर सामाजिक सञ्जालबाट दिइरहेका थिए।

आपतको बेला त्यस्ता जानकारीले सघाउने रहेछन्। जसले यस्ता व्यक्तिको तस्बिर सामाजिक सञ्जालमा राख्छ, उसैसित राजमार्गमा अलपत्रको फोन नम्बर मागेर भए पनि पीडाबारे बुझ्न थालें। त्यसले रिपोर्टिङमा मद्दत गर्‍यो। पछिल्ला केही दिन सडकमा जताततै यसरी हिँड्ने देखिन थालेपछि भेटेरै समाचार संकलन गर्न थालें। मैले विभिन्न जिल्लामा रहेका व्यक्तिबाट सडकमा अलपत्रको जानकारी लिन्थें। केहीले सामाजिक सञ्जालमा ती व्यक्तिको फोटोसँगै फोन नम्बर राख्थे। त्यसले उनीहरू कहाँ आएरु के खाएरु कस्तो दुःख खेपिरहेका छन् भन्ने जानकारी बटुल्थे। एक साताअघि बुटवलमा कार्यरत मजदुरको समूह बर्दिया र कैलाली पैदल जान लागेको खबर पाएपछि मैले पछ्याएँ। उनीहरूको फोन नम्बर पत्ता लगाएर निरन्तर कुराकानी गरिरहें। उनीहरूलाईसैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले क्वारेन्टाइनमा राखे र पछि गाडी खोजेर पठाइदिए। दुई दिन क्वारेन्टाइनमा बसेपछि उनीहरू डिलक्स बस चढेर नयाँ वर्षमा घर पुगेका थिए। क्वारेन्टाइनमा रहेदेखि उनीहरूका अनुभव सुनिरहेकी थिएँ। उनीहरू कैलालीस्थित आफ्ना घर पुगेपछि परिवारका सदस्यसित कुराकानी गरेर पनि समाचार लेखें। यस्ता व्यक्ति सबै विपन्न परिवारका थिए। उनीहरू खेतीपाती गरेर सहरमा काम खोज्न आउँछन्। मजदुरीबापत भएको कमाइ बोकेर बाली भित्र्याउने बेला घर फर्कने रहेछन्। धेरै परिवारसहित आएका थिए। कतिले घरमा साना बालबच्चा छाडेका थिए। तातो सडकमा पसिना बगाएर घर फर्किनेको ताँतीमा कमी आएको छैन। तीन दिनअघि पाल्पाबाट बर्दियाको बढैयाताल जान हिँडेको समूह बुटवल आउँदै गरेको खबर पाएँ। समूहका एक सदस्यले खानाको व्यवस्था गरिदिन आग्रहसहित फेसबुकमा स्टाटस पोस्ट गरेका रहेछन्। त्यो थाहा पाएपछि बढैया गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीसित समूहका अगुवा राजु घर्तीको नम्बर मागें। त्यसपछि समूहलाई पछ्याउन थालें। उनीहरूका लागि सत्य साई केन्द्र बुटवलका सेवा संयोजक राधा पौडेललाई अनुरोध गरेर खानाको जोहो पनि गराएँ। सिद्धार्थ राजमार्गको केराबारीसम्म पैदल आएका राजु र समूहले त्यहाँ ट्रक फेला पारेर आएछ।

उनीहरूसँग गोलपार्कमा भेटेर कुराकानी गरें। राजुकी छोरी खुट्टा दुखेर रोइरहेकी थिइन्। श्रीमती राधी फकाउँदै थिइन्। उनीहरूसँगै आएका अल्लु चौधरीको खुट्टा सुन्निएर चप्पलसमेत लगाएका थिएनन्। उनीहरूको पीडाले मन छोयो। गोलपार्कबाट उनीहरूसँगै हिँडेर नेपालगन्ज रोडसम्म पुगें। त्यहाँ पूर्व–पश्चिम राजमार्ग भेटेपछि उनीहरू पैदल गन्तव्यमा लागे।उनीहरू घरतर्फ लागे, म बुटवलको चौराहातर्फ आएँ। मिलनचोकबाट दक्षिण आउँदै थिएँ, पिठ्युँमा नानी बोकेर हिँडिरहेका प्रकाश नेपाली र उनको समूह भेटियो। प्रतीक्षालय छेउमा रोकिन अनुरोध गरे।त्यसपछि कहाँबाट आउनुभएको, कहाँ जाने आदि सोधें। प्रकाशले काठमाडौंबाट आएको र दाङ जाने बताए। तीन वर्षकी छोरी बोकेर दम्पती आएका थिए। साथमा बुबाआमा थिए। प्रकाशको मुख सुकेको थियो। चैत २९ गते हिँडेर बुधबार यहाँसम्म आएका थिए। कुराकानी थालेपछि प्रकाशकी आमाको भक्कानो छुट्यो। चोकमा रहेका प्रहरी आएर पीडा सुन्दै थिए।चाउचाउ र बिस्कुटको भरमा आएका रहेछन्। केही ठाउँमा मनकारीले भात खान दिएको सुनाए। उनीहरूलाई नेपालगन्ज रोड पुग्ने दिशा देखाएर म समाचार लेख्न आएँ। उनीहरूसित निरन्तर सम्पर्कमै छु। उनीहरूका टेलिफोन नम्बर नोट गरेकी छु। मेरो नम्बर दिएकी छु। समाचार प्रकाशित भएपछि सघाउने व्यक्ति पनि भेटिएका छन्। उनीहरूलाई पीडितसित कुराकानीमा मद्दत गरेकी छु। बिहीबार पनि यसरी आउनेको ओइरो रोकिएको छैन।बुटवलको पूर्व रामनगरदेखि पश्चिम तामनगरसम्म समूह–समूह भेटिन्छन्। कतै मनकारीले खाना खुवाएको पनि देखियो। मध्याह्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे,‘लकडाउनको अवधिमा जो जहाँ छौं, त्यहीं बस्न, खान बस्न समस्या भएकालाई स्थानीयस्तरमा व्यवस्था मिलाउन मिडियाले नि सक्रिय भूमिका खेल्नुपर्‍यो।’उक्त स्टाटस पढेपछि लाग्यो– हामीले समाचारमा उजागर गरेका छौं। व्यवस्थापन त प्रदेश र स्थानीय सरकारले समन्वय गरेर गर्नुपर्थ्यो, जुन हुन सकिरहेको छैन।कान्तीपुर दैनीक वाट साभार