गुल्मीको धुर्काेटमा सामुदायिक रेडियो धुर्काेटमार्फत एसइई पुनर्ताजकी कक्षा सञ्चालन

प्रकाशित मिति:

सम्झना पोख्रेल/गुल्मी – 
गुल्मीको धुर्काेट गाउँपालिकाले एसइईको परिक्षा दिन तयार भई घरमै बसेका विद्यार्थिहरुलाई रेडियो धुर्कोट बाट एसईई सहयोगी कक्षा आज (आईतबार) बाट सञ्चालमा ल्याएको छ ।

कोभिड १९ (कोरोना भाइरस) कारण परिक्षा स्थगित भएसँगै घरमै बसेका विद्यार्थिहरुलाई हरेक दिन रेडियो मार्फत कक्षा सञ्चालन गरिएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । धुर्कोट गाउँपालिकाको आर्थिक सहयोग र सामुदायिक रेडियो धुर्काेटको सँयुक्त पहलमा एसईई विशेष कक्षा सञ्चालन गरिएको छ ।

आज (आईतबार) बिहान बाट ८ः ०० बजेको धुर्काेट खबर पछि गणित र अँग्रेजी विषय र साँझ ८ः ०० बजेपछि विज्ञान विषयमा जानकारी गराउने र हुने विद्यार्थीहरुले आफ्ना समस्याहरु सामाजिक सञ्जाल वा टेलिफोनमार्फत शिक्षकहरुलाई राख्न सक्नेछन् ।