नेविसंघ अर्जुन चौपारी गाउपालिका द्वारा अर्जुनचौपारि गाउँपालिका कोरोना संक्रमीत उपचार तथा राहत कोषमा सहयोग प्रधान

प्रकाशित मिति:

नेविसंघ अर्जुन चौपारीद्वारा गाउँपालिका लाई आर्थिक सहयोग गरेको छ। नेविसंघको ५१ स्थापना दिवस को अवसरमा रकम हस्तान्तरण गर्दै सहयोग गरेको छ । नेविसंघ नेता नवराज पौडेलले आउँदा दिन हरुमा नेविसंघ अर्जुन चौपारीले कोरोना रोकथामको लागि तत्पर रहेको जानकारी गरायका थिए। यसै गरी नेविसंघ अर्जुन चौपारी गाउँपालिका संयोजक केशव चापागाईंले गाउँपालिकालाई आवश्यक रहेको खण्डमा ने।बि संघ अर्जुन चौपारी सहयोग गर्न तयार रहेको जानकारी गराउदै गाउँपालिका प्रमुख दिर्ग नारायण अर्याल लाई नेविसंघ रकम हस्तान्तरण गरेको थियो। यता गाउँपालिका प्रमुखले नेविसंघले गरेको यो कार्यलाई लाई धन्यवाद दियका छन । उनले नेविसंघले आगामी दिनहरूमा थप रकनात्मक , शृजनात्मक काम गर्दै जाहोस् भन्दै धन्यवाद समेत दियका छन। रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपप्रमुख चिनमाया गुरुङ गाउपालिका प्रसासकिय प्रमुख ,वार्ड नं ६ का अध्यक्ष तेज बहादुर रोका को समेत उपस्थिति थियो भने यता नेविसंघ जिल्ला सदस्य अर्जुन सापकोटा ,भीम बहादुर रोका, यस्तै हेमराज चापागाईं , सौरब सापकोटा लगायत को उपस्थिति थियो।